आर एन चौधरी थारु,,
सुनसरी:= विवेकशील थारु युवा समूह सुनसरी मोरङ्गले आँधिहुरी पीडितलाई आर्थिक भौतिक सहयोग गरेका छ्न।
केही दिन अगाडि धेरै जोड्ले आएको हावाहुरी,बतास पानीले सुनसरी जिल्लाको गढि गाउँपालिका वडा न. ३/४ छिठ्ठा औराबनी अन्तर्गत पर्ने करिब १२४ वटा संख्याको घर ढल्नुको साथै उजाड भएको थियो।
त्यसरी अचानक आएको प्राकृतिक प्रकोप हावाहुरी,बतास,पानीले घरहरु उजाड भैइ घरबार बिहिन बनेका त्यहाँका निम्न स्तरको परिवारहरुलाई विवेकशील थारु युवा समुह सुनसरी मोरङ्का संयोजक राजेश भगत र लक्ष्मण हजारीको अगुवाईमा देश तथा बिदेशमा बसोबास गर्नु हुने थारु युवा,युवतीहरु संगको सहकार्यमा आर्थिक सङ्कलन गरि २२ वटा घर परिवारलाई क्रमश:एक एक थान त्रिपाल,साडी,ओछ्याने तन्ना,झुल र पठनपाठन गर्नको लागी बालबालिकाहरुलाई तिन तीन थान कपिकलम
र घर बनाउन केही नगद रकमको साथै केही खाधान्न सामग्री बितरण गरि हावाहुरी पीडितलाई राहत बितरण गरि सक्दो आर्थिक भौतिक सहयोग गरेको समुहका संयोजक राजेश भगतले जानकारी गराउनु भयो।