ललितपुर:= कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले दशौ खाद्य स्वच्छता दिवस २०७५ को उपलक्ष्यमा स्टाफ कलेज जावलाखेलमा आयोजित मुल समारोह कार्यक्रममा खाद्यय स्वच्छता , मानव जिवनको लागी अपरिहार्य आवश्यकता भएको बताउनु भयो ।
अहिलेको परिस्थितिमा खान पाउनु मात्रै मुख्य कुरा नभएको बताउनु भयो ।हामीले दैनिक खाइरहेको खाद्यय तथा पेय पदार्थ स्वच्छ छ वा छैन त्यो मुख्य कुरा रहेको बताउनु भयो । खाद्य तथा पेय पदार्थमा विभिन्न किसिमका मिसावटको कारणले मानव शरिरमा नयाँ नयाँ किसिमका रोग देखा परेको मान्छे बिरामी भएको र मृत्युु समेत हुने गरेको मन्त्री चौधरीले बताउनु भयो ।यसले मान्छे , मान्छेका घरपरिवार र राष्ट्रलाई समेत ठुलो नोक्सानी पुग्ने गरेको बताउनु भयो ।खाद्य ऎन २०२३ र दाना ऎन २०३३ लाई सरकारले संसोधनको प्रक्रिया अगाडि बढाएको र छिटै कडा भन्दा कडा निति बनाइ मिसावट गर्नेलाई कार्वाही समेत गर्ने बताउनु भयो ।खाद्य स्वच्छ्ताको लागि कुनै पनि मिसावट हुन नदिन हामी सबै सचेत हुन जरुरी रहेको बताउनु भयो ।जनताले उपभोग गर्ने सबै किसिमका खाद्य तथा पेय पदार्थ र पशुपंक्षी तथा जनावरहरुले उपभोग गर्ने दाना पदार्थहरु सबैको स्वच्छता र गुणस्तरीयता मापदण्ड बमोजिम छ वा छैन आफुलाइ शंका लागेको खण्डमा खाद्य प्रबिधि तथा गुण नियन्त्रणको नजिकको कार्यलय,बिभाग वा मन्त्रालयमा जानकारी गराउन सबैको दायित्व ,जिम्मेवारी सम्झेको खण्डमा नियन्त्रण र कार्वाहीको दायरामा ल्याउन सकिने बताउनु भयो ।दाना पदार्थको गुणस्तर समेत खाद्य पदार्थको स्वच्छता सङ्ग जोडिएको विषय भएकोले हामी सबै सचेत हुनुपर्ने र एकले अर्कोलाई सचेत गराउनु पर्ने राज्य मन्त्री चौधरीले बताउनु भयो ।
कार्यक्रममा कृषि ,भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचीव युवक ध्व्ज जिसी ,सह-सचिव योगेन्द्र कार्की ,खाद्य प्रविधि गुण नियन्त्रण बिभाग महानिर्देशक संजिप कर्ण लगायत मन्त्रालय ,बिभागका कर्मचारीहरु ,सरोकारबाला ,उद्योगिहरु ,यो सङ्ग सम्बन्धित बिज्ञहरु र बिद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।