देउवाको पालामा मुल्य वृद्धिको आलोचना गर्ने नवीना अहिले भन्छिन बिरोध गर्न आवश्यक छैन

Friday, 8 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= नेपाल कम्युनिस्ट पार्टीकी सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पेट्रोलियम पदार्थमा समय सापेक्ष मूल्य वृद्धि भएको भन्दै सरकारको बचाउ गरेकी छिन् ।अध्यक्ष लामाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भन्दैमा सडकमा बिरोध प्रदर्शन गर्न आवश्यक नरहेको बताइन् ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई स्वभाविक रुपमा लिनुपर्छ’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भनिन्, ‘सरकारको विरोध आवश्यक छैन । सडकमा प्रदर्शन नगर्दा राम्रो हुन्छ ।’पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट नेविसंघले सडकमा प्रदर्शन गरिरहेका बेला अनेरास्ववियुकी अध्यक्ष लामाले सडक प्रदर्शन आवश्यक नरहेको बताएकी हुन् ।
सोही कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर सबै क्षेत्रमा महँगी बढाएको आरोप लगाए ।‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रमा महँगी बढेको छ । मूल्य वृद्धि सरकारले गर्नु हुँदैन । तेलको मूल्य घटाउनुपर्छ ।’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu