आदिवासी जनजाति फिल्म फेस्टिभलमा दुई वटा थारु फिल्म प्रदर्शन हुने

Wednesday, 27 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := राजधानीमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति फिल्म फेस्टिभल हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्डमा आइतबार पत्रकार सम्मेलनमा जनाए अनुसार, तीनदिने फेस्टिभलमा विभिन्न भाषाका १४ फिल्म छानिएका छन् ।
आदिवासी जनजाति फिल्म, डकुमेन्टी, सर्ट फिल्महरू पनि देखाइनेछन् । प्रदर्शन हुने फिल्महरूमा गुरुङ भाषाको भोजबहादुर गुरुङ निर्देशित ‘मौरिमो’ र जितमान गुरुङ निर्देशित ‘पा’, विन्दु माझी निर्देशित माझी भाषाको ‘लदी पुजा’ छन् । आङ ङिमा शेर्पा निर्देशित शेर्पा भाषाको ‘टिन्छेन फमा’, विनोद पुडासैनी निर्देशित राजवंशी भाषाको ‘दुलारी’, सन्तकुमार राई निर्देशित राई भाषाको ‘ढ्वाङकुम’, शिव मुखिया निर्देशित सुनुवार भाषाको ‘गो सु नङा’, कृष्ण चौधरी निर्देशित थारू भाषाको ‘टुटल जिन्गी’ र मदन चौधरी निर्देशित ‘मन्दरा’, मेजन पुन मगर निर्देशित मगर भाषाको ‘रैयाँ’, डीबी मोक्तान निर्देशित तामाङ भाषाको ‘मायासे लासी–३’ र नेपाल भाषाका तीन फिल्महरू संजोग लाफामगर निर्देशित ‘कमलपोखरी’, बालमुकुन्द प्रजापति निर्देशित ‘तापलय’ र हिमाल पुन निर्देशित ‘तमसुक’ पनि देखाइनेछन् ।महासंघ अध्यक्ष अमृतबहादुर सुनुवारले राज्य र सम्बन्धित निकायले अवसर प्रदान गर्ने हो भने आदिवासी फिल्मले राष्ट्रको मौलिक पहिचान बचाइराख्नुको साथै नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने बताए । ‘हाम्रा फिल्म हलमा नियमित लाग्ने अवस्था छैन, च्यारिटी शोमा देखाउनुपरेको छ,’ उनले भने ।
फेस्टिभलमा सहभागी हुने फिल्महरूलाई पाँच–पाँच हजार रुपैयाँ र दर्शकहरूबाट छनोट भएको उत्कृष्ट फिल्मलाई पब्लिक च्वाइस अवार्ड सहित २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । साथै फेस्टिभलमा आदिवासी जनजाति समुदायका परम्परागत खाना, मौलिक वेशभूषा आदिका स्टलसमेत रहनेछन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu