सहकर्मी,,
मलेसिया := सोलुुखुम्बु जिल्ला,नेचा बतासे,७ निबासी मलेसियामा दाहिने खुट्टा गुमाएका पीडित आङपासाङ शेर्पालाई मलेसिया लगायत विभिन्न देशहरु बाट आर्थिक सहयोग प्राप्त भएका छ्न।
बिगत ४ बर्ष देखि अबैधानिक रुपमा पानासोनिक कम्पनीमा काम गर्दै आइ रहेका आङ पासाङ शेर्पा अचानक एक दिन स्वास्थ्यमा समस्या भैइ अस्पताल भर्ना भएका थिए ,पिडित शेर्पाको भनाइ अनुसार मेरो खुट्टामा घाउ भएको थियो जब म अस्पताल भर्ना भए होसमा हुँदा सम्म मेरो खुट्टा ठिकै थियो,डाक्टरले बेहोस रहेकै अवस्थामा उपचार हुने बताए पछि मैले हुन्छ भने तर जब म २ दिन पछि ब्युझिए थाहा पाए मेरो एउटा खुट्टा नै छैन । काम गर्ने कम्पनी र अस्पतालले कुनै कुरा नै नगरी बिना जानकारी खुट्टा काटेको कुरा प्रती आफू दुखित रहेको समेत भन्नू भयो ।
पीडित शेर्पा अस्पतालको सैयामा एक्लै छट्पटाइ रहेको बेला नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासा,उपाध्यक्ष तथा सञ्चार बिभाग प्रमुख आर एन चौधरी थारु,सदस्य दिल कुमार तुम्रोक,तेन्जी शेर्पा,आङफुर्वा शेर्पा,रमेश पौडेल लगायतको समाजसेवामा सक्रिय युवाहरुको अगुवाईमा उद्दार गरि सकुशल नेपाल फर्काउन र आर्थिक सहयोग जुटाउन थालनी गरेका थिए र सफल पनि भए।
महासंघको अगुवाई तथा मलेसियामा सक्रिय रुपमा रहेका संघसंस्थाहरु ,ब्यक्तिहरु संगको सहकार्यमा करिब १२,६६८ मलेसियन रिङ्गिट संकलन गरेको अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो,त्यस् मध्य महासंघको रोहबरमा २२ दिनको बसाइको क्रममा पीडितको लागी खाना,खाजा,उपचारमा जम्मा आर. एम.६९०० खर्च भएको र बाकी रहेको आर.एम.५,७६८ रिङ्गिट जुलाई दोस्रो साता भित्र नेपालमा गएर प्रत्यक्ष भेटी पत्रकार सम्मेलन आयोजना गरि निजको हातमा हस्तान्तरण गर्ने भन्नू भयो।
हाल आङ पासाङ शेर्पाको उपचार काठमाडौं स्थित शुष्मा मेमोरियल अस्पतालमा भैइ रहेको छ।शेर्पाको उपचारको लागी थप आर्थिक अभाव रहेकोले यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने तलको बैंक खातामा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ्।
Name:-Ang pasang sherpa
Global IME a/c no.:-D 807010000317