नेपालि सेना द्धारा बृहत फोटो प्रदर्शनीको उदघाटन

Sunday, 10 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बारा:=बाराको कलैयामा आज मध्य पुर्वी पृतना हेड क्वाटरको संयोजकत्व तथा श्री चन्दन नाथ गणको आयोजनामा नेपालि सेना सम्बन्धि बृहत फोटो प्रदर्शनीको उदघाटन भएको छ । 

श्री ३ चन्द्र माविको खेल मैदानमा गरिएको फोटो प्रदर्शनको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितका प्रमुख नवल किसोर शिंहले गरेका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारि विजय नारायण मानन्धर, रास्ट्रिय अनुसन्धानका प्रहरी उपरिछाक उतम खनाल, प्रहरी नायब उपरिक्षक रंजित सिंह राथौड, नागरिक समाज बाराका अध्यछ उमेशलाल दास, उद्योग बाणिज्य संघ बाराका अध्यक्ष बिनोद साह, बिश्वास एफ एमका प्रबन्ध निर्देशक साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो । नेपालि सेनाले गरेका बिभिन्न कामहरुको बारेमा फोटो मार्फत जानकारी गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । 

आजै बेलुकी ६ बजे देखि प्रदेश नम्बर २ को संस्कृत झल्किने बिभिन्न झाकी प्रदर्शनी र बृहत सांस्कृतिक कार्यक्रम हुने चन्दन नाथ गणका गणपति प्रमुख सेनानी सन्तोष कार्कीले जनाएका छन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu