हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनहा बिकास समाजको आयोजनामा बर्दिया जिल्ला राजापुर नगरपालिका वटा नम्बर .१ मा अवस्थित मर्गौवा टोलका थारु र सोनहाहरुलाइ सहभागी गराइ तीन दिने होम-स्टे तालिम सम्पन्न भएको छ।
मिति २०७५ साल जेठ २३ गते देखी २५ गते सम्म संचालन भएको उक्त तालिममा असल कृषि सहकारी संस्था लिमिटेड र सनौटा कृषि सहकारी संस्थाका गरेर जम्मा १८ जना सहभागीहरु लाई जैविक मार्ग होम-स्टे
र थारु गाउँ डल्ला (मधुवन नगरपालिका-१) बर्दियामा तालिम सम्पन्न भएको थियो।उक्त तालिममा प्रशिक्षण तथा सहजीकरण होम-स्टे का अध्यक्ष परशुराम चौधरी र सदस्य मंगल थारुले गर्नु भएको थियो।
सहकारीका सदस्य सहभागीहरु लाई होम-स्टे स्थापना र सुरुवातमा सञ्चालन प्रक्रिया तथा सो को ब्यवस्थापन बारेमा ,ब्यवहारिक ज्ञान ,सीप जानकारी गराउने उदेश्यको साथ तालिम संचालन गराइएको र चाडैं थारु एण्ड सोनहा होम-स्टे संचालनमा ल्याउने सोनहा बिकास समाजका लघुउद्दम बिकास अधिकृत जनक बहादुर कठरियाले जानकारी गराउनु भयो ।




