सहकर्मी,
कैलाली:= पाँचौं कम्लहरी मुक्ति दिवसको अवसरमा कैलालीमा शोक सभा गरिएको छ ।
मुक्त कम्लहरी विकास मञ्चको आयोजनामा बुधबार धनगढीको पार्कमोडमा कम्लहरी हत्याको विरोधमा शोक सभा गरिएको हो । कैलाली, दाङ र बर्दियामा कम्लहरी बसीरहेका समयमा मालिकबाट हत्या गरिएका छ जना मृतकको सम्झना तथा कम्लहरी राख्ने र हत्या गर्ने मालिकालाई कारवाहीको माग गर्दै सो सभा गरिएको विकास मञ्चकी कैलाली जिल्ला अध्यक्ष विष्णा चौधरीले जानकारी दिईन् ।

पाँचौ कम्लहरी मुक्ति दिवसमा नेपालगंजमा आयोजित कम्लहरी हत्याको विरोधमा शोक सभा
सरकारले २०७० साल असार १३ गते कम्लहरी मुक्ति घोषणा गरेपनि अझै कम्लहरी राख्ने, हत्या तथा बलात्कार गर्ने काम नरोकिएको, सरकारले नेपाल सरकार र कम्लहरी आन्दोलनकर्ता बिच भएको १० बु“दे सम्झौताका बु“दाहरु सरकारले व्यवहारमा कार्यान्वयन गर्न नसकेको भन्दै शोक सभा गरिएको अध्यक्ष विष्णाले बताईन् ।
शोक सभालाई सम्बोधन गर्दै मञ्चकी केन्द्रीय सचिव सुजाता चौधरीले जिल्ला प्रशासन कार्यालयले लापरवाही, कम्लहरीको उद्दार नगर्दा अहिले पनि थारु किशोरी मालिकका घरमा कम्लहरी बसीरहेको बताईन् । उनले कम्लहरी बस्दा थारु किशोरीहरु बलात्कार, हिंसा, यौनजन्य दव्र्यवहार, यातना र हत्याको शिकार हुनु परिरहेको बताईन् ।

थारु कल्याणकारिणी सभाका सचिव माधव थारुले कम्लहरी जस्तो कुप्रथालाई समाजबाटै वहिष्कार गर्नुपर्ने बताए । मुक्त कम्लहरी विकास मञ्चका अनुसार कैलालीमा तीन जनाको हत्या र दुई जना कम्लहरी वेपत्ता रहेका छन् । कैलालीमा तीन हजार एक सय ६९ मुक्त कम्लहरीको संख्या रहेको भएपनि दुई हजार सात सय ६७ जनाले मुक्त कम्लहरीको सरकारबाट स्वीकृत भएका छन् । हालसम्म दुई हजार तीन सय ३० जनाले कम्लहरीले भुमिसुधार कार्यालयमा आवेदन दिएको भएपनि हालसम्म एक जनाले पनि परिचयपत्र नपाएको उल्लेख छ ।जिल्लामा अझै चार सय दुई कम्लहरी छुटपिट रहेका छन् । जिल्लामा २८ जना अझै कम्लहरीका रुपमा काम गरिरहेका छन् । विकास मञ्चले दिएको तथ्यांक अनुसार १६ वर्ष मुनिका १८, १७ देखि १८ वर्षसम्मका सात र १९ वर्षमाथिका तीन जना रहेका छन् ।