सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित

Sunday, 10 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
हिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
 सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपै या प्राप्त गरिन् । उपाधिबाट वञ्चित रहेको डायमण्डले ब्यक्तिगत विधामा भने वर्चस्व जमायो । डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाइकर, अरुणा शाही उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीकी जानकी भण्डारी उत्कृष्ट सेटर र आर्मीकै सोफिया पुन उत्कृष्ट ब्लकर घोषित भए ।
उनीहरुले समान ५ हजार रुपैया प्राप्त गरे । मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे । जेठ २१ गतेबाट शुरु भएको प्रतियोगितामा गत फागुनमा भएको एनभिए छनोट खेलमाट छनोट भएका ६ टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu