थारु महिलाहरु लाई आत्मनिर्भर बनाउनु पर्छ:-सांसद पद्मनारायण चौधरी

Sunday, 10 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कारी महतो थारु,,
हेटौडा:=प्रतिनिधि सभाका सांसद पद्मनारायण चौधरीले थारु महिलाहरुको उत्थानका लागि उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । हेटौंडामा भएको थारु महिला सभाको दोस्रो महाधिवेशनका प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपाली कांग्रेसका सांसद चौधरीले मन्तव्यको क्रममा यस्तो बताएका हुन् ।
महाधिवेशनको मूल नारालाई समर्थन गर्दै सांसद चौधरीले थारु महिलाहरुलाई अत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम दिएर रोजगारीको व्यवस्थापन हुनुपर्ने धारणा राखेका छन् ।विशिष्ट अतिथिका रुपमा आमन्त्रित अर्का सांसद तेजुलाल चौधरीले थारु समाजलाई रुपान्तर गर्नका लागि थारु महिलाहरुको निकै ठूलो भूमिका रहेको बताए । उनले भने, ‘थारु महिला, युवा, विद्यार्थी, बालबालिकालगायत पूरै थारु समाज आर्थिक, सामाजिक, शैक्षिक एवम् राजनीतिकरुपमा ओरालो लागेको छ । यसको मुख्य कारण थारु समाजमा जकडिएर रहेको कूसंस्कार, कूरीति र अशिक्षा नै हो । शिक्षा नै कूसंस्कार र कूसंस्कृति हटाउने मुख्य उपाय हो ।’



अहिले महिलाहरुका लागि छुट्टिएको ५० प्रतिशत विशेषाधिकार सबै खस आर्यले मात्र पाएको र थारुले पाउने कोटा पनि पाउन नसकेकाले आफ्ना छोराछोरीहरुलाई स्तरीय शिक्षादीक्षा दिएर सक्षम बनाउन उनले आग्रह गरेका छन् ।महाधिवेशनको उद्घाटन सत्रमा अतिथिहरु सांसद नमिता चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, चितवनका सभापति ललितकुमार चौधरी, थारु महिला समाजका केन्द्रीय अध्यक्ष गीता चौधरी, थारु युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरी, थारु महिला सभा सुनसरीका अध्यक्ष सुशीला चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै थारु समुदायका पहिचान, पँहुच र प्रतिनिधित्व अझै कायम नभएको आक्रोश पोखेका छन् ।
थारु महिला सभा सुनसरीका अध्यक्ष सुशीला चौधरीले सुनसरी जिल्लामा स्थानीय निकायले थारुका पहिचानमूलक ग्रामथानमा डोजर लगाई भत्काएर पहिचानमाथि हमला गरेकाले यो विषयलाई संसदमा उठाइदिनका लागि उपस्थित संसदहरुलाई अनुरोध गरिन् ।
उदघाटन सत्रमा पिएचडी पास गरेका थारु महिलाहरु डा. मनिता चौधरी र डा. सुनिता चौधरीलाई साथै एसपी मीरा चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै थारु महिला सभाको विभिन्न पदमा रहेर काम गरी हालः विभिन्न तहको निर्वाचनमा विजयी भएका थारु महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।
उदघाटन समारोह थारु महिला सभाका केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । उदघाटन सत्र सम्पन्न भएपछि पहिलो चरणको बन्द सत्र आजै सुरु गरिएको छ । कार्यक्रम भोलि २७ गते सम्म चल्नेछ । नेपालका २२ जिल्लाबाट आएका प्रतिनिधिहरुले भोलि केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।






Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu