नेपाली श्रमिकको लागी मलेसियाको जोहोर राज्यमा दुतावासको एकीकृत कन्सुलर सेवा सञ्चालन हुने

Monday, 11 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी,
सुनाखरी मगर,,
मलेसिया :=मलेसिया को जोहोर राज्यमा राजदुतावासको एकीकृत कन्सुलर सेवा सञ्चालन हुने भएको छ।
क्वालालम्पुर भन्दा बाहिर रहेको विभिन्न राज्यमा नेपाली हरुलाई प्रबाह गरिने सेवाहरु सहजै उपलब्ध गराउने उदेश्य ले पहिलो चरण मा जोहोर मा सेवा उपलब्ध गराउन लागिएको राजदुतावास ले जनाएको छ।

सेवा हरु मा राहदानी नवीकरण आवेदन,हराएको राहदानी को नयाँ आवेदन,यात्रा अनुमती,नवीकरण भएर आएको राहदानी वितरण र श्रम सम्बन्धि सुनुवाइ हुने पनि राजदुतावास ले उल्लेख गरेको छ।


राहदानी नवीकरण को लागी मलेसियन रिङ्गिट २७०, हराएको राहदानी नवीकरण लाई ४२०,यात्रा अनुमतिपत्र को लागी १६० शुल्क लाग्ने पनि जनाएको छ।
राहदानी नवीकरण गर्न आउदा पुरानो राहदानी को सक्कल नेपालि नागरिकता,पुरानो राहदानी र सो को प्रतिलिपी र आफु कार्यरत कम्पनी पत्र लिएर उपस्थित हुन पनि बताएको छ। 
त्यसैगरी हराएको राहदानी नवीकरण को लागी भने सक्कली नागरिकता,पुलिस रिपोर्ट,हराएको राहदानी को प्रतिलिपी र कार्यरत कम्पनी पत्र लिएर उपस्थित हुन भनिएको छ।
यात्रा अनुमतिपत्र को लागी भने नागरिकता,राहदानी को प्रतिलिपी र दुईवटा पासपोर्ट साइज को फोटो भए पुग्ने पनि जनाएको छ।

यो भन्दा अगाडि राजदुतावास मात्रै प्रदान गरिने सेवा ले क्वालालम्पुर भन्दा बाहिर रहेको श्रमिक हरु को लागी धेरै राहत हुनेछ। क्वालालम्पुर भन्दा टाढा रहेको राज्य बाट राजदुतावास आउन मात्रै एक दिन लाग्ने गर्दथ्यो।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu