हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया र राजापुर नगरपालिका वाडा नं—१, को सहकार्यमा “१९ औँ राष्ट्रिय सरसफाई सप्ताहा—२०७५” सरसफाई अभियान कार्यक्रम मिति २०७५ साल जेठ २८ गते सोमबारका दिन भब्य रुपमा सरसफाई गरि मनाइएको छ ।
स्थानिय जनसमुदायको सहभागिता, श्री कालिका मा.वि का विद्यार्थीहरु, राजापुर न.पा. वार्ड नं.—१, का जनप्रतिनिधिहरु गरि लगभग २०० जना सम्म को उपस्थितीमा वाडा—१, का अध्यक्ष श्री खुशीराम थारु ज्युबाट सरसफाई कार्यक्रम उद्घाटन तथा सुरु गरि उक्त सरसफाई कार्यक्रम सोनाहा विकास समाजको कार्यलय हिमालीपुर देखि वार्ड नं.—१, को कार्यालय सोनपुर सम्म बाटो सरसफाई गर्दै कार्यक्रम कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा वार्डका सदस्य भारती कामी ज्युको स्वागत मन्तब्यबाट सरसफाई सप्ताहाको अन्तिम दिन तथा कार्यक्रम समापन औपचारिक रुपमा गरिएको थियो । श्री कालिका मा.वि. का शिक्षक श्री अतिलाल चौधरी लगागत सोनाहा विकास समाजका अध्यक्ष श्री शान्ती सोनाहा ज्यु ले सरसफाई सम्बन्धि बोल्नु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षतामा रहनु भएको राजापुर न.पा. वार्ड नं.—१, का अध्यक्ष श्री खुशीराम थारु ज्युले मन्तब्य राख्दै गुड नेवर्स इन्टरनेशनल नेपाल र साझेदारी संस्था सोनाहा विकास समाज बर्दियालाई कार्यक्रमको सहकार्य गरेकोमा धन्यवाद दिँदै सरसफाइृ ब्यक्तिगत, परिवार, छिमेक, समुदाय, हुँदै राष्ट्र, विश्वका सबै मानिसहरु स्वस्थ हुन मा सरसफाईको निकै महत्व रहेको र जसकोलागि सबै जनसमुदाय स्तरदेखि सरसफाईमा लाग्नु पर्ने जरुरी छ भन्नु भएको थियो ।