आज असार १५, दही चिउराको दिन र धान दिवस हर्षोल्लास को साथ मनाइदै

Friday, 29 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


१५ असार, काठमाडौ।

आज असार १५, मुठी रोपेर मुरी उब्जाउने आजको दिनलाई नेपाली किसानहरुले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै मनाउने परम्परा छ । आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि अरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्छनl
कृषि प्रधान देश भएकाले पनि सरकारले पनि आजको दिनलाई धान दिवसको रुपमा मनाउन थालेको छ। सरकारको आह्वानमा आज धान दिवस तथा रोपाईं महोत्सव पनि मनाईंदैछ । दिवसको अवसरमा आज कृषि मन्त्रालय तथा विभिन्न राजनीतिक दलले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

२०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो । बाहैं धान दिवसको नारा  धान खेतीमा यन्त्रीकारण, उत्पादन लागतमा न्यूनिकरण तय गरिएको छ ।  धान दिवस मनाउँदै गर्दा धान खेतियोग्य ८ प्रतिशत खेतमा मात्रै यस बर्ष रोपाइ सकिएको   कृषि मन्त्रालयले जनाएको छ ।

नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।  संयुक्त राष्ट्र संघले पनि  सन् उन्नाइस सय छैसठ्ठीलाई भोकमरीबाट मुक्त, भन्ने नारासहित धानबालीलाई बर्ष बालीकारुपमा मनाउने घोषणा गरेको थियो ।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu