सिकलसेल एनिमियाःप्राय गरि थारु समुदायमा किन र कसरी लाग्छ यो रोग ?

Tuesday, 19 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो ।
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले सोही अवसरमा यस रोगको बारेमा उपयोगी जानकारी उपलब्ध गराइएको छ ।

सिकलसेल दिवस जुन १९ मा मनाउने गरिएको छ, विश्वभर नै । यो रोगबारे जनचेतना जागृत गराउने उदेश्यले नेपालमा पनि सिकलसेल दिवस मनाइदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि सिकलसेल एनिमिया सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदैछ ।सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाके, बर्दिया, दाङ्ग लगायतका तराईका जिल्लाहरु बढी प्रभावित छन् ।

यी तराईको जिल्लाहरुमा बसोबास गर्ने आदिवासी थारु समुदायका मानिसहरु यो रोगबाटसबैभन्दा बढी प्रभावित भएकै कारण नेपाल सरकारले हाल सिकलसेल एनिमियाको उपचार निशुल्क गर्दै आएको छ । नेपालका थारु समुदाय बाहेक अफि्रका र इण्डियन कन्टिनेटका केही देशका आदिवासीहरुमा यो रोग देखिएको छ ।
यो रोगको गम्भीरतालाई ध्यानमा राखेर नै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आर्थिक वर्ष ०७४ /०७५ बाट सिकलसेल एनिमिया सम्बन्धि एउटा अनुसन्धान नै सुरु गरेको थियो ।अनुसन्धानको पहिलो चरणमा बर्दियाको बारबर्दिया नगरपालिकामा बसोबास गर्ने एक वर्ष देखि २९ वर्षका बीस हजार व्यक्तिहरुसित अन्र्तवार्ता लिनुका साथै रगत परिक्षण गर्ने लक्ष्य लिएकोमा हालसम्म पाच हजार २८८ व्यक्तिहरुसित अन्तवार्ता लिई रगत संकलन गरिसकेको परिषद्ले जनाएको छ । जसको परीक्षण हाल बर्दियास्थित बारबर्दिया स्वास्थ्य केन्द्र तथा काठमाडौको वीर अस्पतालमा भइरहेको छ ।

सिकलसेल एनिमिया के हो, किन हुन्छ ?

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ ।सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रकि्रया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको -विकृत) हुन्छ ।

यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसकेा प्रभाव देखिन थाल्दछ ।

कुन अवस्थामा लाग्न सक्छ

सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।

सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजन सहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्दछ ।
यसकै कारण फोक्सोमा रगत पुर्‍याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।

कसरी बच्ने ?

सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरु मध्यमा पर्दछ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।

कसलाई हुन्छ ?

परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu