थारू सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?

Tuesday, 26 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
प्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर बाटोको लागि १ करोडमात्र बजेट छुट्याएको भन्दै विरोध जनाए।
‘एउटैखाले योजनामा पनि फरक फरक बजेट रकम विनियोजन भएको छ। त्यसमा मेरो आपत्ति छ। अझ सानो योजनामा धेरै र ठूलो योजनामा थोरै रकम बजेट विनियोजन गरिएको छ। त्यो मान्य हुनेछैन। त्यसलाई सच्याउनुपर्छ,’ बर्दिया राजापुर क्षेत्रबाट निर्वाचित सांसद थारुले भने।
उनले सरकारले लिएको कृषि नीति राम्रो भएपनि त्यसअनुरुप बजेट विनयोजन नभएको बताए। उनले सिँचाइ परियोजनाका लागि जम्मा दुई लाख बजेट विनियोजन गरेकोमा आपत्ति जनाए। त्योभन्दा धेरै रकम त्यहाँ स्थानीय किसानले नै संकलन गरेको भन्दै उनले संसदलाई कटाक्ष गरे। ‘हाम्रा क्षेत्रका कृषकले सिँचाइको लागि ३० लाख संकलन गरेको छ। प्रदेश सरकारलाई अपुग छ भने हामी त्यो रकम पनि दिन तयार छौं। तर २ लाख बजेट कुनै हालतमा मान्य हुँदैन,’ उनले संसदमा भने।
उनले प्रदेस सरकारले नीति तथा कार्यक्रम राम्रो ल्याएपनि त्यसअनुरुप बजेट निकासा गर्न नसकेको आरोप लगाए। यसले प्रदेश सरकारले लिएको समृद्ध तथा सुखी जनता नीति फेलियर हुने स्पष्ट पारे।
त्यस्तै दाङका सांसद इन्द्रजित थारुले विनियोजन विधेयक नीति तथा कार्यक्रममा आएका नीति र सिद्धान्तअनुरुप नभएको भन्दै बजेट समाजवाद उन्मुख नभएको धारणा राखे । उनले बजेटमा पूर्वाग्रही गन्ध आएको बताउँदै जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबर्जस्ती बजेट पारिएको आरोप लगाए । ‘ऐतिहासिक महत्वका पर्यटकीय ठाउँहरुलाई छाडेर जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबरजस्ती बजेट पारिएको छ’ थारुले भने ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu