रौतहट:=गत वर्षहरुको तुलनामा यस वर्ष रौतहट जिल्लामा धान रोपाई सुस्त गतिमा भएको पाइन्छ । बागमती सिंचाई आयोजनाले समयमा सिंचाइका लागि नहरमा पानी नछोडेका कारण यस वर्ष रोपाई ढिलो भएको कृषकहरुको गुनासो रहेको छ ।
वर्षेनी २ पटक धान बाली गर्ने किसानहरु बागमति सिंचाई आयोजनाले समयमा पानी नछोड्दा अधिकांस किसानहरु प्रत्यक्ष मारमा परेका छन् । बागमती सिंचाइ आयोजनाले भत्किएका मूल नहर तथा प्रशाखा नहरको मर्मत ढिलो गरि गरेका कारण पानी नछोडदा अधिकांश कृषकको खेत बाँझै रहेको छ ।
आयोजनाले रौतहट र सर्लाही जिल्लाका मुल नहर तथा प्रशाखाको अधिकांस मर्मत काम बाँकी रहेको र अझै असार मसान्त भरी लाग्ने भएकोले साउनमा मात्र नहरको पानी छोड्ने बागमती सिंचाई आयोजनाका कर्मचारी मुकेश साहले बताए ।