बाँकेकी २३ बर्षिया पत्रकार अनुपासिंह राजबंशीको निधन (Rip)

Thursday, 21 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालगन्ज:= नेपालगन्जका पत्रकार अनुपा राजबंशीको निधन भएको छ । स्थानीय बागेश्वरी टेलिभिजनका समाचार वाचिका राजबंशीको गएराती निधन भएको हो । नेपालगन्जको सुर्खेतरोडमा रहेको सिग्नेट इन कृष्णा होटेलले आयोजना गरेको डान्स पार्टीमा सहभागी २३ बर्षिया राजबंशी डान्स गर्दा गर्दै लडेर बेहोस भएकी थिइन्।
तत्काल उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।
रेडियो हुदै टेलिभिजन पत्रकारितामा क्रियाशील बाँके खजुरा गाउँपालिका–३ की राजबंशी विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील थिइन् ।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu