मलेसियामा छुरा प्रहारबाट राम कुमार तामाङको मृत्यु (Rip)

Sunday, 24 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी,
तिलोचन गौतम ,,
मलेसिया:=रोजगारी को लागि २३ महिना पहिले मलेसिया आएका चागे गा.बि.स.वार्ड नं ६ ताप्लेजुङका राज कुमार तामाङको मलेसियामा मृत्यु भएको छ ।
गुरुङ म्यानपावर बालाजु बाट मलेसिया क्रीतिम सजावटका माछाहरु बनाउने कामको लागि भनेर आएतापनि आएको केही महिना नबित्दै अबैधानिक हैसियतमा रहेर इपो पेरागमा काम गर्न थालेका राजकुमार र एउटै गाउँका मान्बिर तामाङ साथी सङै कामगर्ने म्यान्मार देशका ३ नागरिकले आक्रमक तरिकाले छुरा प्रहार गरि इनार जस्ताे ठाउमा फालिदिएको ७ दिन पछि अचेत अबस्थामा जिबितै भेटिएका तामाङ को सनिवार उपचार को क्रममा मृत्यु भएको हो ।

कामको विषय लाई लिएर अगिल्लो दिन मानबिर संग सधारण भनाभन भएको थियो। भोलिपल्ट राजकुमार र मानबिर दुबैजना बजार बाट केहि खाद्यान्न लिएर रुम फर्कदै गरेको मैका पारेर उनिहरु माथी आक्रमण भएको र दुबै जना लाई चोट लागेपछि आफू ज्यान बचाउन भागेको बताउँछन् । जुन सात तारीख साझपख भएको उक्त घटाउन मलेसिया को इपु पेराइ मा घटेको हो । मानबिर को स्थिति सहाधारण भएपनी राजकुमार को भने गतराती टाइपिङ हस्पिटल इपो मा उपचारको क्रम मा मृत्यु भएको हो ।
अबैधानिक रहेर काम गर्दै आएका मृत राजकुमार को उपचार को लागि मलेसिया को २५ हजार रिङ्गेट बराबरको खर्च आएको हस्पिटल स्रोतले मृतक का दाइ जीवन तामाङ लाई बताएपछी भाइ गुमाउनको पीडा एकातिर छ भने तेति ठुलो आर्थिक रकम कसरी जुटाउ भन्ने चिन्ता थपिएको छ । दूतावास गएर केही सहयोग को लागी पहल गर्छु मृतक का दाइ ले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu