एयरपोर्टमा बेहोस भैइ ढली अस्पतालमा अलपत्र रहेका सुरेशको उद्दार

Monday, 30 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,,
मलेसिया := स्वदेश फर्किन लागेका एक जना नेपाली युवक मलेसिया स्थित केलिया( KLIA) एयरपोर्टमा अध्यागमन बिभाग भित्र जाँच पासकै क्रममा अकस्मात चक्कर लागेर भुईमा ढलि बेहोस भएका सुरेश थापा मगर लाई अस्पतालबाट उद्दार गरिएको छ।

अचानक बेहोस भएका मगरलाई एयरपोर्टकै कर्मचारि हरुको सहयोगमा सेर्डाङ अस्पतालमा उपचारको लागी पठाएका थिए। तनहु जिल्ला भिमादका सुरेस थापा मगर लाई अादिवासि जनजाति महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासङ्घका क्षेत्रिय समिति ईपो पेराग तथा नेपाल मगर सङ्घ मलेसियाको विशेष सहयोगमा अाजै बेलुकि ६:३० बजे अस्पताल बाट डिस्चार्ज गराइएको हो।२०१८ / जुलाई /२३ तारिखका दिन अस्पताल भर्ना भएको उनको उपचार खर्च ४,११२ रिङ्गेट पुगे पछि पैसाको अभावमा उपचार खर्च तिर्न नसकेर अस्पतालमै अलपत्र अवस्थामा रहेका थिए।

उपचारको क्रममा खर्च भएका अस्पताललाई तिर्न बाकी रहेको रकम महासङ्घ क्षेत्रिय समिति पेराग तथा उनि काम गर्दै अाएको कम्पनि का सहयोगि साथीहरुबाट सङ्कलित ३००० / रिङ्गेट तथा नेपाल मगर संघ मलेसियाले १५००/  रिङ्गेट आर्थिक सहयोग गरे पछि उनको खर्च ४,११२ रिङ्गेट भुक्तान गरि अस्पताल बाट बाहिरिन उद्दार गर्न सफल भएका हुन । सङ्कलित ४,५०० रिङ्गेटमा ४,११२ रिङ्गेट कटाई बाकि रहेको ३८८ |-  रिङ्गेट स्वयम् बिरामि सुरेश थापा मगर लाई बुझाईएको र बिरामी स्वयंम पनि महासंघ मलेसियाको क्षेत्रीय समिती इपोको सदस्य समेत रहेको अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भयो।

चाडैं हवाई टिकट किन्ने पैसा सङ्कलन गरि जम्मा गरेर बिरामी मगर लाई स्वदेश फर्कन आवश्यक प्रक्रिया पूरा गराइ दिन आफू लागी परेको र केही रकम अभाव रहेकोले सहयोगी मनलाई आर्थिक सहयोग गरिदिनु हुन शेर्पाले हार्दिक अनुरोध गर्नु भयो।मलेसिया बसुन्जेल सम्म बिरामीको लागी चाहिने खाना,खाजाको ब्यवस्था आफ्नै खर्चमा र रेखदेख पनि आफैले गर्ने शेर्पाले जानकारी गराउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu