थारु समुदायबाटै छत्री लोप हुने क्रममा पुगेको छतरी

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}



लखन चौधरी,,

धनगढी:= कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरकी पूजा चौधरीको परिवार वर्षात्भरि छत्रीकै छाँयामा रम्छ । साढे ३ सय घरधुरी रहेको जोनापुरमा ९५ प्रतिशत बढी आदिवासी थारु जातिकै बाहुल्यता छ ।तर, जोनापुरमा पूजाको परिवारजस्तै केहीले मात्रै छत्रीको प्रयोग गर्छन् । बाँकीले आधुनिक छाताको प्रयोग गर्दै आएको बताइन्छ । जोनापुर वस्ती प्रतिनिधि थारु वस्ती मात्रै हो । पछिल्लो समय समग्र थारु समुदायबाटै छत्री लोप हुने क्रममा पुगेको छ।

धानको बिउ उखेल्दै गरेकी पूजा भन्छिन्, ‘बाजेले बनाई दिएको छत्री प्रयोग गर्छौ । उहाँहरू रहुन्जेल त ठिकै छ । पछि थाहा छैन । उसो त आजभोलि बिरलै पाइन्छ, छत्री ।’छत्री अर्थात् छाता आदिवासी हस्तकला तथा प्रविधिको उच्चतम् नमूना हो । जुन वर्षात्को समयमा पानी र घामबाट बच्न घरेलु साधन स्रोतबाट निर्माण गरिन्छ । निर्माण गर्नलाई सीप दक्षता उत्तिकै जरुरी रहन्छ । जुन सीप र प्रविधि पुस्तान्तरण नहुनुले पनि छत्रीको अस्तित्व संकटमा परेको बताउँछन् थारु कल्याण कल्याणकारिणी सभा कैलालीका निवर्तमान सभापति प्रभातकुमार चौधरी ।


‘बोक्न पनि असजिलो हुने हुँदा सबैको रोजाइमा आधुनिक छाता मात्रै पर्छन्, अर्कोकुरा नयाँ पिढीमा छत्री बनाउने ज्ञान र सीप पनि कहाँ छ र ?’ उनी अगाडि थप्छन्, ‘छत्रीको प्रयोगकर्ता घट्दै गए केही वर्षमै संग्राहलयमा मात्रै सीमित हुनेछ ।’कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय बुद्धिजीवी भरथरी डगौराका अनुसार छत्री बाँस र नम्है्रन (एक प्रकारको वनस्पति) को पातको प्रयोगले निर्माण गरिन्छ । जसको लागि पातलो र लचकदार हुने गरी बाँसको चोइटोको व्यवस्था गरिन्छ ।

उक्त चोइटोलाई एकआपसमा बाँझिने गरी गोलाकार आकारको कभर बनाइन्छ । एउटा छत्री निर्माणको लागि २ वटा एउटै आकारको कभर चाहिन्छ । छत्रीको माथिल्लो भागमा राखिने कभरलाई ‘पेरी’ र तल तल राखिने कभर भागलाई ‘झेल्री’ भनिन्छ । कभर निर्माण गरिसकेपछि २ वटा कभरको बिच भागमा पानी र हावा नछिर्ने गरी नम्ह्रैनको पात बिछ्याएर पातलो रसीले बाँधिन्छ । यसरी बनाइएको छत्रीको बीच भागमा टाउकोमा अड्याउन सजिलो होस् भनी खोपिल्टो बनाइएको हुन्छ । यसरी बनाइएको छत्री टाउकोमा राखेर हलो जोत्नेलगायत अन्य काम गर्न सजिलो हुने थारु बुद्धिजीवी डगौंराको भनाई छ । १ पटक बनाइएको छत्री २÷३ वर्षसम्म प्रयोग गर्न सकिने बताइन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu