पाेखरा:=संसदमा प्रदेशको नामबारे छलफल चलिरहँदा तमुवान–मगरात सघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।समितिको बिहीबार सम्पन्न बैठकले पहिचानको आन्दोलन भरहँदा तमुवान–मगरातको पहिचान मेटाउने गरी अभिव्यक्ति दिनेहरुहको कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको छ ।
प्राडा जगमान गुरुङ र प्रदेस न ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पहिचानको आन्दोलनको भावना विपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरुलाई कुनै कार्यक्रममा नबोलाउने र उनीहरु सहभागी भएको कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको संघर्ष समिति संयोजक कर्म तमुले बताइन्।आदिवासी जनजाति कोटाबाट प्रदेस सभा सदस्य भएकाहरुले समेत जनजातिका आवाज नउठाइ दलीय खेलौना बनेका सभा सदस्यलाई समेत बहिष्कार गर्ने समितिले जनाएको छ ।यसैगरी पहिचानविरुद्ध चलखेल विरुद्द असार २२ गते बिहान ११ बजे महेन्द्रपुलबाट विरोध र्याली गर्ने, माग सुनुवाइ नगरी गण्डकी प्रदेश घोषणा गरिए असार २४ गते चिप्लेढुंगाबाट शव यात्रासहित गण्डकीलाई तुलसीघाटमा अन्त्येष्टि गर्ने र अझै माग सुनुवाइ नभए प्रदेश नम्बर ४ अनिश्चितकालीन बन्द गर्ने निर्णय भएको कर्म तमुले बताइन् ।
प्रदेश सभामा ५९ सदस्य रहेकोमा नयाँशक्तिका २ सांसदले तमुवान मगरात राख्नु पर्ने माग गरेका छन् । बाँकी सबै प्रदेशको नाम गण्डकी राख्नेमा एक मत देखिएका छन् । तमुवानको पक्षमा चर्को आवाज उठाउँदै आएका तत्कालीन माओवादी केन्द्रका सांसदले समेत गण्डकी नाममै सहमति जनाएका छन् ।प्रदेशको नामबारे प्रदेशसभामा बिहीबारबाट छलफल सुरु भएको छ । बिहीबार १८ सांसदले भनाइ राखे । शुक्रबार थप छलफल गरी प्रस्ताव पारित गर्ने तयारीमा प्रदेश सभा सचिवालय लागेको छ ।