कुलदिप चौधरी,,
सुनसरी:=थारु संस्कार संस्कृत संरक्षण समबर्धनका निम्ती तयार पारेको डकुमेन्ट्री तथा थारु चलचित्र सिरुवा पावैन अब चाडैनै सार्वजनिक हुने सिने कर्मिका स्रोतहरुले जनाएको छ । केहि दिन भकर मात्रै सुनसरीका विभिन्न स्थान र रामधुनी नगरिको सुन्दर गाउँ सिबनगरमा लिएको सुटिङ्ग पुरा भै डबिङ्ग परिकृयामा रहेको सिरुवा पावैन एक स्रोतले जनाएको छ ।
सो चलचित्रको लेखन तथा निर्देशक थारु महानायक परशुराम चौधरी रहेको छ । चौधरीले २०४७ सालमा थारु भाषाकाे पहिलो फिल्म "करम " थारु समुदायकै लागी पहिलोपटक ल्यायेको थियो। यसैगरी थारु समुदाय लगायत विभिन्न समुदायका धेरै चलचित्रहरुमा कामगरी सकेका निर्देशक / निर्मता / लेखक चौधरीले सिरुवा पवैन चलचित्रले आम थारु समुदायको मन मस्तिष्कलाइ जितने प्रण गरेको छ ।
चल चित्रमा थारु समुदायकै पुराना र अनुभबी कलाकारहरू राम लाल , जानकी , जनक , दिनेस , कबिता , ललिता , ग्यानिसा र हरि नारायण चौधरी रहेका छन। यस चल चित्रमा समाजिमा देखिएका घर घटनाहरु लाई बढी चित्रन गर्नुका साथै थारु समुदायका माग मुद्दाहरूको बारे चित्रन गरेको छ ।