केरा बगान फाँड्ने कारागार चलान

Saturday, 7 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
चितवन:= पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । 
जिल्ला अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको रु १५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए ।
सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य पाँच जनालाई पनि अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसक्दा कारागार चलान भएको आचार्यले बताउनुभयो । अझै उक्त मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu