गजल,,
अनायासै आज केटो साहित्यिक भयो
थाहा छैन ठीक भयो कि बेठीक भयो।
मनले मात्र प्रेम गरी जीवन चल्छ र
तिमी भन्छौ मेरो प्रेम शारीरिक भयो।
हिजो जे जे गरे पनि स्वीकारै,नैतिक नै थियो
आज चाहिँ यो कसरी अनैतिक भयो।
संगै बस्न असम्भव भो,अलगै भयौ
दैवको हातैमा छोड्छु,स्वभाबिक भयो।
गोप्य थिए सबै कुरा,ब्यक्तिगत थियो
आफैं हल्ला फिजाएर सामाजिक भयो।
दोस दियौ मेरो नियत,व्यवहार लाई
एउटै कारण तिम्रो लागि यो आर्थिक भयो
मनको व्यथा लेख्दैछु म ,नसुने पछि
तिम्रै कुरा सुन्ने हरु अत्याधिक भयो।
( पर्देशि अभागि बिजय तामाङ )
( हाल मलेसिया )