थारु परिकार र नाचगानको साथ क्वालालम्पुरमा चौधरी,थारु युवाहरु भेला हुँदै(धमाधम सेयर गर्नुस्)

Saturday, 4 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
(बढी भन्दा बढी सेयर गरि सहयोग गर्नुहोस् )
(चौधरी थारुहरुको लागी अत्यन्त जरुरी सुचना)
        "थरुहट थारुवान बिकासको निम्ति"
               थरुहट पहिचानको निम्ति
          "थारु युवाहरु बिच एकताको निम्ती"
भन्ने मुल नाराको साथ मलेसियामा स्थापना गरिएको चौधरी,थारुहरुको एक मात्र समाजिक ,जातिय संस्था प्रवासी थारु सेवा समाज केन्द्रिय समिती क्वालालम्पुर मलेसियाको नियमित बैंठक तथा छ्लफल कार्यक्रम हुने भएको छ।

केही महिना अगाडि देखि समाजले मलेसियाको विभिन्न राज्यहरुमा क्षेत्रीय समिती बिस्तार गर्नमा ब्यस्त रहेकोले केन्द्रिय समितीको बैंठक बस्न ढिलाइ भएको हो भनेर अध्यक्ष मनिराम थारुले बताउनु भयो।बैठक अगष्ट महिनाको १२ तारिख आइतबारको दिन क्वालालम्पुर कोतरायामा अवस्थित परदेशी रेष्टुरेन्टको प्राङ्गणमा बस्ने छ्न।बैंठकमा समाजमा आबद्ध सम्पुर्ण कार्य समिती सदस्यहरु लाई अनिवार्य उपस्थितिको लागी समेत अध्यक्ष थारुले भन्नू भयो।

कार्यक्रममा थारु समाज मलेसियाको आगामी कार्य योजना तर्जुमा बारे विशेष छ्लफल हुनेछ्न भने थारु  समाज मलेसियालाई स्थापना काल देखि लिएर अहिले सम्म योगदान पुर्याउनु हुने ,सहयोग गर्नु हुने समाजसेवी युवा,युवतीहरुलाई सम्पुर्ण सदस्य पदाधिकारीहरु लाई सम्मान पत्र र खादा सहित सम्मान गरिनेछ्।
साथै कार्यक्रममा थारु खाना परिकार संगै थारु गित सङ्गितमा नाचगानको ब्यवस्था समेत गरिएको छ।
नोट :- सोही दिन मलेसियाको दोस्रो ठूलो राज्य जोहोरबारुमा समेत थारु सेवा समाजको बैठक बस्दैछ।
          ( सम्पर्क :-+60163566719 ) 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu