बहसमा टीकापुर घटना : मुद्दाका वादी र प्रतिवादीका साक्षीलाई उपस्थित हुन आदेश

Wednesday, 15 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी/धनगढी,,
जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी तर्फका साक्षीलाई उपस्थित हुन आदेश दिएको छ । बुधबार मुद्दाको पहिलो पेशीको सुनुवाइ गर्दै जिल्ला अदालत कैलालीले त्यस्तो आदेश जारी गरेको हो ।

अदालतबाट जारी आदेशमा उल्लेख छ, ‘जाहेरवाला, वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिसहरू, घटनास्थल प्रकृति, मुचुल्का गर्ने मानिसहरू र प्रत्यक्षदर्शी लगायत प्रहरीमा घटना विवरण, कागज गर्ने वादी पक्षका साक्षी गवाहलाई जिल्ला सरकारी वकिल कार्यालय धनगढी कैलालीमार्फत् उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई लेखी पठाउनु र रुजु रहेका प्रतिवादीहरुका साक्षी निजहरूमार्फत् नै उपस्थित गराउन लगाई उपस्थित साक्षी गवाहहरूलाई बुझी नियमानुसार गरी पेश गर्नु ।’ अदालतले आगामी पेशी भदौ २४ गते तोकेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu