अन्तर्राष्ट्रिय ओपन तेक्वान्दोमा तामाङ र धामिले नेपाललाई दिलाए कास्य पदक

Thursday, 16 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
मलेसियाको राजधानी नजिक रहेको अन्तर्राष्ट्रिय ब्याट्मिन्टन कवर्ड हल निलाईमा भएको 3rd Gewinn Malaysia open international Taekwondo championship २०१८ मा रोजगारीको सिलसिलामा मलेशियामा रहेको नेपाली तेक्वान्दो दुई जान खेलाडी नोर्बु बोम्जन तामाङ { सोनामले } ह्याबी वईट ८० किलो प्लस्मा र ५८ किलो माईनस्मा तुलाराम धामीले कास्य पदक जित्न सफल भएको छ I

एस 3rd Gewinn malaysia international open Taekwondo प्रतियोगितामा टिम कोचको भुमिकामा बिगत लामो समय देखि मलेसिया रहि विभिन्न व्यावसाय गर्दै आउनु भएको पुर्ब तेक्वान्दो खेलाडी तथा युवा समाज सेवि मनिराज कुमार थापा मगर रहेको थियो भने टिम म्यानिजरमा स्वयम्भू तेक्वान्दो डोजाङ नेपालको पुर्ब सहायक प्रशिक्षक तथा तामाङ बौद्ध महासंघ मलेसिया र नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाको महासचिव नोर्बु बोम्जन तामाङ { सोनाम } हुनु हुन्थ्यो I

तेस्रो अन्तर्राष्ट्रिय मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाल लगायत १४ देशको सहभागी रहेको थियोे I हिजो २०१८ शुक्रबार १० गते बाट सुरु भएको एस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता आइतबार १२ गते सम्पन्न भएको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu