जी फारकेबाट चर्चामा मोडल तथा डाइरेक्टर प्रदिप थारु

Tuesday, 28 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
भगतराम थारु,,
नेपालगन्ज := थारु गीत मै नाचु जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा रहेका छन्् । कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेर देखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको उहाँले बताउनुहुन्छ ।

एकदम मेहनत र परिश्रमका साथ अहिले दर्शकहरुको मन जित्न सफल भएको हुनाले खुसी लाग्ने गरेको उहाँले बताउनुहुन्छ । मोडल र डाइरेक्सनको भुमिका निभाउदै आएका प्रदिप मै नाचु जि फारके बोलको म्युजिक भिडियोबाट अत्याधिक चर्चामा आएका हुन्् । पहिले पेन्टको काम गर्ने र त्यही पैसा बचत गरि पढ््ने र घर खर्च चलाउने प्रदिप अहिले डान्स डाइरेक्सन र राम्रो मोडलको रुपमा परिचित भएपछि आम्दानी समेत बढेको छ उहाँले भन्नुभयो । मोडलको भुमिका निभाएका प्रदिप सानै उमेरदेखि स्कुल कार्यक्रम तथा गाउँघरमा हुने कार्यक्रममा भाग लिएर नाच्ने गर्दथे । विभिन्न ठाउँमा डान्स गरेवापत पुरस्कृत समेत भएको उहाँले सुनाउनुहुन्छ । छोटो समयमा थारु गित सङ्गीतमा राम्रो डाइरेक्सन र मोडलिङ गरेको हुनाले उहाँलाई माया गर्ने युवायुवती थुप्रै रहेको प्रदिप बताउनुहुन्छ । अहिलेसम्म नेपाली थारु गरि ३० वटा म्युजिक भिडियो र १० वटा गितमा डाइरेक्सन गरेको छु उहाँले भन्नुभयो । एक गितमा डाइरेक्सन गरेबापत ५ हजार सम्म पारिश्रमिक लिने गरेको उहाँले बताउनुहुन्छ ।

प्रदिप राष्ट्रिय थारु कलाकार मन्च बाँके शाखाको कार्य समिति सदस्य समेत रहनुभएको छ । प्रदिपले चर्चित थारु गायक बिश्वसागर परियार, गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर घुम्मर कम्मर हिलालेउ, मिनिस्कट वाली छैली पल्टके हेरे दैदेउ एक चुम्मा, झुम्कावाली बथनिया, लगायत बोलको गितमा डाइरेक्सन गरेर दर्शक स्रोताहरुले अत्याधिक मन पराएको प्रति हार्दिक आभार व्यक्ति गर्नुभयो ।

हाल आरकेसी मिडिया प्रालीमा जोडिएर म्युजिक भिडियो डाइरेक्सन गरिरहनुभएको प्रदिपलाई यहाँसम्म पु¥याउन मद्दत गर्नुभएको अंशुमान चौधरी, गायक विश्व सागर परियार, रामु थारु, नरेश चौधरी देवदास, राजकुमार थारु र मनोज चौधरीको ठुलो सहयोग रहेको हुनाले यो स्थानसम्म पुग्न सफल भएको उहाँले बताउनुहुन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu