पसिनाको बुलबुलसँगै रारा चलाउँन सक्छु।
बोली होइन विवेकले सारा चलाउँन सक्छु।
नेता ज्यू युवा,युवतीलाई खाडीबाट फिर्ता गर नत्र।
सुम्पिदेउ देशको अभिभारा चलाउँन सक्छु।
राची जानु पर्नेले सत्तामा गइ भाषण गर्छन्।
बत्ती जादैन ग्यासको धारा चलाउँन सक्छु।
ऐ ! मुर्ख नसम्झ मूर्ख होइन सेवक हुँ देशको।
परिआएमा आफै हतियार चलाउँन सक्छु।
मेहनतले आर्जेको कर्णमुलमा सन्तुष्ट छु म।
यसरी नै म आफ्नो गुजारा चलाउँन सक्छु।
पसिनाको बुलबुलसँगै रारा चलाउँन सक्छु।
बोली होइन विवेकले सारा चलाउँन सक्छु।
लेखक:- समाजसेवी युवती पासाङ ल्हामु शेर्पा हुन।