जिन्दगीले मलाई के के सिकायो !
कहिले कोही संग खुसी हुन सिकायो ,
त कहिले दुखी हुन सिकायो।
कहिले एकान्तमा एक्लै एक्लै रुन सिकायो ,
त कहिले हास्न सिकायो।
कहिले आफन्तको प्यारो बनायो ,
कहिले आफन्त बाटै टाढा बनायो।
तर जे सिकायो आफुले आफैलाई सम्झाउन र जिन्दगीमा संघर्ष गर्न सिकायो,
बाधा अडचनलाई चिर्दै
जिवनमा अगाडि बढ्न सिकायो।
(पासाङ ल्हामु शेर्पा/फुच्ची )