बदनाम गित,सँगीत ‘फूलकुमारी ३’

Friday, 3 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := केही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने जानकारी दिएका थिए। उनलेमात्र हैन, गायिका अञ्जु कस्मीले पनि उक्त पोस्टको आपत्ति जनाएकी थिइन्।

समाजिक सञ्जालमा थारु सँस्कृतिलाई बिगार्न नपाइने भन्दै विन्दास मिडियलाई गालीगलौज पनि गरिएको थियो। करिब दुई सातापछि विन्दास मिडियाले उक्त भिडियो सार्वजनिक गरेको छ। निक्का बोस, मनोज र ऋतु, अलिसा स्टारिङ भिडियोमा पोस्टरजस्तै ठ्याक्कै नभएपनि छाडापनको हद पार गरेको छ।
पछिल्लो समय थारु गीतसंगीत जति छाडा बन्दै गएको छ, भिडियो झनै समाज, सँस्कृतिलाई धज्जी उडाउनेखालका आइरहेका छन्।
युट्युबमा लोकप्रियता हासिल गर्न थारु म्युजिक च्यानलहरु भिडियोको गुणस्तर र आधारभूत मेकिङमा ध्यान दिन सकेका छैनन्। गाउनेले गाइदिने, मोडल बन्न हतार हुनेहरु त्यसको गुणस्त र आश्य नबुझिकनै त्यस्ता भिडियोमा लगानी गरिरहेका छन्। यसले परिणाममा थारु गीतसंगीत वद्धि भएपनि गुणस्तरमा भने थारु गीतसंगीत बामे सर्न सकेको छैन।

फूलकुमारीको यो कभर भिडियो त्यसकै निरन्तरता हो। यसअघि सुनिता दहित स्टारिङ फूलकुमारीको कभर भिडियो पनि योभन्दा कम थिएन। बरु तुलनात्मकरुपमा राज कुश्मी र अञ्जु कुश्मी स्टारिङ पहिलो भिडियो नै गुणस्तर र सभ्य देखिन्छ।
कभर गीत बनाउने ट्रेन्ड नेपालमा भर्खरै आएको हो। अझ थारुहरुमा व्यवसायिकरुपले बनेको कभर गीत फुलकुमारी नै पहिलो होला। तर ‘भल्गारिटी’लाई निर्देशकहरुले सभ्यढंगले प्रस्तुत गर्न सकिरहेका छैनन्। जसका कारण समाजमा गायकसँगै मोडलहरु पनि बदनाम भइरहेका छन्।
             (साभार :=थारुवान ड्टकम बाट )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu