सप्तरङ्गी फेसबुक ग्रुपले गरे गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति प्रदान

Friday, 3 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं:=सामाजिक संजाल फेसबूकबाट समूह बनाएको सप्तरङ्गी ग्रुपले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति प्रदान गरेको छ ।

‘सामाजको उत्थान, सभ्यताको पहिचान, उत्पीडितको प्रोत्साहन, हाम्रो अभियान’ भन्ने मुल नाराको साथमा बालबालिकाको उज्ज्वल भविष्यको लागि हुब्सेकोट– २, नवलपुरका श्री बालहित प्राथमिक विद्यालयमा बुधबार कोष स्थापना तथा छात्रवृत्ति हस्तान्तरण गरिएको छ । होप्सेकोट गाउपालिकाको बिकट मानिएको वडा २ मा रहेको बालहित आधारभुत बिद्यालयका करिब ५० जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्याम कुमार थापाको अध्यक्षता एवम् होप्सेकोट गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम बहादुर क्षेत्री पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै सप्तरङ्गी सुनौलो ग्रुपका संयोजक राम जि थापा मगरले फेसबूकलाई सहि सदुपयोग गरेमा समाजमा बिकास तथा सचेतना कार्य गर्न सकिने बताउँदै बिपन्न बालबालिका तथा जेहेन्दारलाई यो अत्यावश्यक रहेको उल्लेख गरे । उनले विभिन्न समाजका परिवर्तनशील कार्यहरु गर्दै समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन सकिने पनि बताए। बालबालिकालाई भविश्यका देशका कर्णधारका रुपमा हेर्दै उनले बाल्य अबस्थामा पढाईलाई सहज वातावरण निर्माण गराउन सबैको कर्तव्य भएको समेत बताए।वर्तमान समयमा सामाजिक संजाल फेसबूकबाट संकलन भएको रकम सप्ततङ्गी सुनौलो ग्रुपले समाजमा उदाहरणीय र परिवर्तन मुखी काम गरेको सहभागिहरुले बताएका छन । बढ्दै गएको सामाजिक संजालको बिकृतिलाई मात्र मध्यनजर नगरी यसले समाजमा पु¥याउने योगदान तिर पनि सबैमा ध्यान पुग्नु पर्ने सहभागिहरुको जोड रहेको थियो ।

कार्यक्रममा सुनौलो ग्रुपका सदस्यहरु दुर्गा डेगा मगर, पुजा थापा मगर, उर्वशी रानामगर, बिद्यालयका विद्यार्थीहरु अविभाबकहरुको उल्लेख्य उपस्थित रहेको थियो । होप्सेकोट वडा २ का देब बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रम सन्चालन बालहित आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पाण्डेले गरेका थिए । यसै गरि कार्यक्रममा सप्तरङ्गी सुनौलो ग्रुप बाट नै रु १५ हजार को सहयोगमा बिद्यालयमा अक्षयकोष स्थापना पनि गरिएको छ । हुप्सेकोट ३ निवासी निरु गाहा मगरबाट रु ५०० , पुनजागरण अपांग सस्थाको अध्यक्ष हुप्सेकोट ३ निवासी राजेन्द्र पाण्डेबाट रु ५००, समाजसेवी सोही गाउको भिम बहादुर सिङ ठकुरीबाट ५०० सहयोग प्राप्त भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu