गजल,,
तिमी आउछौ भनेर बाटो कुरेर बसेको थिए
मनमा थियो ठूलो आस,
जानी जानी भन्नु कि अन्जानमा भन्नू
दैवले साथ नदिएर भयो ठूलो बिश्वासघात ।
थाहा पाए मैले ठुलै दुर्घटनाबाट तिमी बच्यौ अरे !
यदि तिमीलाई केही भएको भए रोकिन्थ्यो मेरो सास ।
आफ्नो स्वास्थ्यको ख्याल राख्नु सधैं ,
केही पर्दा नलुकाइ निर्धक्क भएर भन्नू मनको बात।
सायद हाम्रो मिलन हुने लेखेकै छैन यो जुनिमा
त्यसैले त बारम्बार छुटिन्छ्न हाम्रो साथ ,
तिमी जति घृणा गरे पनि ,मन पराइ रहन्छु
अरु त केही हैन ,तिम्रै मायाको लाग्या छ मलाई मात ।
तिमी आउछौ भनेर बाटो कुरेर बसेको थिए
मनमा थियो ठूलो आस,
जानी जानी भन्नु कि अन्जानमा भन्नू
दैवले साथ नदिएर भयो ठूलो बिश्वासघात ।
हिम्मत हारेको छैन अझै म,बिश्वास छ् मनमा दिनेछौ एक दिन तिमी पनि मलाई साथ ।
जानी जानी भन्नु कि अन्जानमा भन्नू
दैवले साथ नदिएर भयो ठूलो बिश्वासघात ।
( लेखक :- आर एन चौधरी थारु )
