सुनसरीमा थाकसको अधिवेशनको लागी तयारी तिब्र

Thursday, 9 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धिरेन्द्र कुमार चौधरी,,
रामधुनीः=जिल्लाका थाहरु थारु समुदायको प्रतिनिधिमुलक संगठन थारु कल्याण कारिणी सभा सुनसरीको अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशन आउदो भदौ २२ र २३ गते हुने निश्चित भएको छ ।

थारु कल्याण कारिणी सभाको केन्द्रिय महाधिबेशन नजिकैदै गएकोले जिल्ला, नगर र गाउ कमिटीमा नयाँ नेतृत्व चयनका लागी चहल पहल शुरु भएको हो । रामधुनी नगरपालिकाको झुम्का स्थित भवनमा मंगलवार बसेको सभाको विस्तारित जिल्ला बैठकले उक्त निर्णय गरेको सुनसरीका सभापति पुनित लाल चौधरीले जानकारी दिए ।

अधिबेशनको मिति निश्चित भएतापनि कुन ठाउमा गर्ने स्थान अर्को बैठकले निश्चित गर्ने बताइएको छ । त्यसै गरी जिल्ला अधिबेशनमा सहभागी हुने प्रतिनिधि सम्बन्धमा मुलुकको नया संरचना अनुसार जाने वा साबिक कमिटीलाई नै मान्यता दिने केन्द्रबाट स्पष्ट निर्णय आएपछी अगाडी बढने सभापति चौधरीले बताए । विस्तारित बैठकमा सभाका केन्द्रिय सदस्य दिप नारायण चौधरी, उर्मिला चौधरी, थारु कानुन ब्यबसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु महिला सभाकी केन्द्रिय सचिब शुसिला चौधरी, केन्द्रिय प्रशिक्षक तेज नारायण चौधरी लगायत जिल्ला, नगर र गाउ कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

थारु कल्याणकारिणी सभा थारु जातिको हक हितमा काम गर्दै आएको एक मात्र संस्था हो । नेपाल अधिराज्यको २३ जिल्लामा गाउ, नगर र जिल्ला कमिटी थाकसको रहेको छ । सभाको भातृ संस्थाहरु थारु म्हिला सभा, थारु बिधार्थी सभा, थारु कानुन ब्यबसाय सभा, थारु पत्रकार संघ रहेको सभाका केन्द्रिय सल्लाहकार तथा थारु कानुन ब्यबसाय सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu