थाकस धनगढी उपमहानगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी

Sunday, 5 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
धनगढी;= थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरेको छ । धनगढी उप–महानगरपालिका को नगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी चयन भएका छन् ।
त्यसैगरी नगर कमितिको सदस्यमा क्रमशः ललति चौधरी, विष्णु चौधरी, हरिराम चौधरी, विरेन्द्र चौधरी, सावित्री चौधरी र हेमन्ती चौधरी चयन भएका छन् । नगर कमितिको पदाधिकारी छनौट नगर कमितिको बैठकबाट गरिने नवनिर्बाचित सभापति गोठुराम चौधरीले जानकारी दिए ।
त्यस्तै अधिबेशनबाटै पदम चौधरीको अध्यक्षमा क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरिएको छ । कमितिमा सावित्री चौधरी, राम बहादुर चौधरी, सन्तोष चौधरी, बुद्धिराम चौधरी सविता कुमारी चौधरी, जयराम चौधरी चयन भएका छन् ।क्षेत्रीय कमितिको बाँकी रहेको पदाधिकारीहरुको छनौट क्षेत्रीय कमितिको बैठकबाट गरिने थाकस क्षेत्र नं. ५ ले जानकारी दिएको छ । अधिबेशनको उद्घाटन कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका सचिब माधब चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाकासमा पूर्व अध्यक्ष प्रभात कुमार चौधरी, थारु नागरिक समाजका संयोजक दिल बहाुदर चौधरी, राजापाका केन्द्रीय सदस्य फोनिराम चौधरी, अधिवक्ता जोहारी लाल चौधरी, थाकसका केन्द्रीय सदस्य इन्द्रिरा चौधरी, धनगढी उप महानगरपालिका–१८ का वडा अध्यक्ष लक्ष्मी नारायण चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करिया प्रधान, थारु महिला सभाका जिल्ला अध्यक्ष दुर्गा कुश्मी, थारु नेत्री राज कुमारी चौधरी लगायतले थारु समुदायको माग मुद्दा र अधिकारको सवालको विषयमा राज्य गम्भिर हुनुपर्ने बताएका थिए । साथै उनीहरुले नगर र क्षेत्रीय अधिबेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिबेशन कार्यक्रमको सञ्चालन थाकसका कोषा अध्यक्ष इन्दु चौधरीले गरेकी थिइन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu