रेशम चौधरी बारे पुनः ठाउँ ठाउँमा चर्चा सुरु (पढेर सेयर गर्नुहोस्)

Thursday, 9 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दिपेन्द्र भण्डारी ,,
कैलाली := कैलाली जिल्ला क्षेत्र न.१ प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी हाल सम्म जेलमा रहेका छ्न।उनी जेलमा भए पछि उनको पद खाली रहेको छ।राष्ट्रिय जनता जनता पार्टी (राजपा)बाट अत्याधिक बहुमतले निर्वाचित रेशमको ठाउँ खाली हुँदा यसक्षेत्रको विभिन्न भागहरु लाई सदनमा उठाउनेको समेत अभाव देखिएको स्थानीय बासिन्दाहरुले बहस सुरु गरेको ,बताउन थालेका छ्न।

" कि त सरकारले पुनः निर्वाचन गराउन सक्नु पर्यो ,कि त निर्वाचित रेशमलाई रिहा गर्नु पर्यो " भन्ने बारे स्थानीय बासिन्दा बिच चर्काचर्की हुन थालेको छ।
यसै बिच सञ्चारकर्मीहरु संगको कुराकानीमा टिकापुर उद्योग बाणिज्य संघका पुर्व महासचिव तथा बिद्यार्थीका पुर्व केन्द्रिय नेता ध्रुवराज खत्रीले भने -टिकापुर घटनामा आरोपित रेशम चौधरी लाई राज्यले प्रमाणसहित या त दोषि ठहर गरि मुद्दा चलाउन सक्नु पर्यो नभए संसदमा सफत ग्रहण गराएर यो क्षेत्रलाई जनप्रतिनिधि बिहिनको अवस्थाबाट मुक्त गर्नु पर्यो ।
निर्वाचन सम्पन्न भएको एक बर्ष बिति सक्दा पनि यो क्षेत्र जनप्रतिनिधि बिहिन हुनु भनेको सामाजिक,राजनीतिक,आर्थिक लगायतको क्षेत्रमा पछाडि पर्नु हो।यो शुन्य समयबाट सरकारले छिट्टो भन्दा छिट्टो निकास दिनु पर्छ खत्रीले बताए ।

अदालती फैसला नहुन्जेल यस् क्षेत्रमा साँसदको पद खाली छ ,हाल टिकापुर घटनाको मुद्दा जिल्ला अदालत कैलालीमा चली रहेको छ।अभियोग लागेका रेशम चौधरीके सर्बोच्च अदालतमा रिट हाले पछि सर्बोच्चले रिट स्वीकृत नगर्दा जिल्ला अदालत कैलालीको फैसला कुर्नु पर्ने अधिवक्ता चन्द्रभुषण सिंह स्वारले बताए ।
स्वारले भने - ' अभियोग लागेका रेशमलाइ निर्वाचन आयोग कैलालीले प्रमाणपत्र दिन अस्विकृत गरि निर्वाचन आयोग केन्द्रिय कार्यालय पठायो र निर्वाचन आयोगले पनि संसद कार्यालय पठाएको छ।अदालती फैसला नहुन्जेल सम्म यो क्षेत्रको साँसद पद रिक्त रहने स्थिति सिर्जना भएको छ।

संसद पद नहुदा यस् क्षेत्रमा बिकाशको काम अबरोध भएको स्थानीय बासिन्दा बताउदै आएका छ्न।बर्सेनि आउने साँसद कोषको करोडौं रकम रोक्का हुने हुँदा बिकासका काममा समेत केही कठिनाई हुने चर्चा चल्दै आएको छ।टिकापुर घटनालाई सरकारले राजनीतिक घटना बनाएर समाधान दिन नसक्ने र अदालतले पनि फैसला नगर्दा टिकापुर घटना किनारा लाग्न सकिरहेको छैन।यसले टिकापुर घटनाका कारण सामाजिक सद्भाव सुधारमा पनि समस्या भैइरहेको छ।एकातिर ठाउँ साँसद  बिहिन हुनु अर्कोतिर सामाजिक सदभाव पनि कायम नहुनुले यो ठाउँको बिकास पछाडि पर्दै जाने देखिएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu