कुकुर कविता : -
"ए! काठा ...."
यो देशको बागडोर .....
काठा र बाठाले चलाउने पालो पुगि सक्यो
अब जनजाती जाँठाले चलाउने पालो आयो -
"आयो" बहुत शक्तिशाली शब्द हो।
चितुवा,गाइको सास,लेडे भेडे
अनि गोहोरो खाएर एकोहोरो हुनेहरु सब बाठा भई सके अब-
न एक बोतलमा बिक्छन
न त बिक्छन सुंगुरको फिलामा-
ए काठा ...
अब फुकाल तेरो एकात्मक कटुटु!
मैले सुन्दर आकृती दिई तेरो तस्वीर खिच्नु छ -
र,
सर्बाङग गर्नु छ समाजमा
तेरो कालो कर्तुत -
त्यो तस्बिर म पहिचानबादी को संग्रहालयमा राख्नुछ
अनि सारा दुनियाँले हेरुन।
र,
नियालुन चिम्से सन्तानहरुले
सुबास नेम्बाङको शोषण ......
बाहुनवाद लादिएको मेरो हजुरबुबा को कथा!
अनि यो पनि हेरुन
बाहुनको दुई किलोको गोलभेडा
जहाँ शिवरात्रीमा
दिनदहाडै प्रदर्शनी हुन्छ।
नाक तेरो पनि छ
नाक मेरो पनि छ
तर नाकको लम्बाई नाप्ने चलन तैले चलाइस
बकुल्लाको जस्तो आँखा तेरो पनि छ
चिम्से आँखा मेरो पनि छ
तर आँखाको आयातन नाप्ने परिवेश तँले खडा गरिस
तर अब काट्दिन्छु तेरो एकात्मक फित्ता!
गर्दुवा लाने सँगुरको मासु
मिठो भो भन्दै स्यप...स्यप
आफैं खान सिकिस
मेरो हजुर मुमाले पारेको जाँड सरप...सरप
पिउन तँ आफैंले सिकिस
तर मलाई उल्टै मतिवाली भन्ने?
खान त खा...
तर,
खानेकुरा जात सँग नजोड ।
ए! काठा
तँलाई यो चितुवाको प्रश्न छ ....
मेरो संस्कार अंगालेको जाँड तेरो पेटमा चढाउन मिल्छ भने!
तेरो आस्थाको मन्दीरमा जाँड चढाउन मिल्छ कि मिल्दैन ??
तुरुन्त जवाफ् दे!
नत्र -
लुकेको तेरो ढुकुरको गुड
चितुवाहरुले भत्काइ दिन सक्छ ।
यहि तिम्रो जंगली सासनमा
अब-
एक इन्च पनि तिम्रो शासन स्विकार छैन।
चितुवाको कसम !!
[ लेखक:= फेब्रियान्तो पवन ]
