हमार सनेश सहकर्मी ,,
मलेसिया := प्रबासी भुमी मलेसीयामा रोजगारको लागि पुगेका कला प्रेमी नेपालीहरुले मलसीयामै निर्माण तथा छायांकन गरेको चलचित्र ३ सालको ट्रेलर अन्तत: सार्वजनिक भएको छ।
चिनिया नयाँ बर्षको लामो छुट्टीलाई सदुपयोग गर्दै मञ्जरी थिएटर ग्रुपको प्रस्तुतीमा फूलबारी रेष्टुरेन्टको निर्माण रहेको चलचित्र "३ साल"मा बिशेष गरी नेपाली युवाहरु रोजगारको लागि ३ साल करारमा मलेसीया प्रबेस गरे पनि कति पय युवाहरु अनेकौ मायाँ जाल बुनेर / रमाईलोमा भुलेर गाउँ घरलाई चटक्कै बिर्सने गरेको र सोझा नेपाली कामदारले झेल्नु परेको दु:ख पीडालाई सर्लक्क ऐना जस्तै देखाईएको छ ।
चलचित्र "३सालमा"बालन्द माबोको लेखन /निर्देशन हेमन्त माबो र बालन्द माबोकै शब्द तथा मनिपाल राई र कृष्ण कुमार राईको संगीतमा रहेको यस चलचित्रको गीतमा कृष्ण भक्त राई र नरेन्द्र माबोको आवाजमा २ ओटा गीत समाबेस गरीएको छ।"३ साल"मा कलाकारहरु अमीर माबो,बिसाल बेघा,सुष्मा लिम्बु,रबिन मगर,नरेश माङ्मु,फुर्बा दोर्जे मोक्तान,भिम बेघा,काफीया बान्तावा राई,सुर्य राई ,अमृत लिम्बु,सन्तोस कार्की ,राजु भुजेलको अभिनय रहेको छ।
यस चलचित्रलाई छिटै मलेसीयाको बिभिन्न सहरमा प्रदर्सन गरीने मञ्जरी थिएटर ग्रुपका अध्यक्ष तथा ३ सालको नायक अमीर माबोले जानकारी दिएकाछन्।
तलको लिङ्कमा क्लिक गरि भिडियोको ट्रेलर हेर्नुस् :=
Home
News
Photos
Videos
प्रवासी नेपालीको जिवनीमा आधारित तयार पारिएको चलचित्र , ३ सालको ट्रेलर सार्वजनिक(भिडियो र फोटोफिचर सहित)