२४ औं विश्व आदिवासी दिवस मलेसियामा भब्य सम्पन्न (फोटो फिचर सहित हेर्नुस्,सेयर गर्नुस् )

Sunday, 26 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

मलेसिया := नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस तथा आफ्नो ६ औं बार्षिक उत्सव मनाइ भब्यताको साथ सम्पन्न गरेको छ।

राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास मलेसियाको द्धितिय सचीव बिनोद मुखिया,विशेष अतिथिमा नेपाली ब्यवसायी समाज मलेसियाको सह-सचीव बिपिन राई ,अतिथिहरु आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष सुनाखरी मगर ,प्रवासी थारु सेवा समाज मलेसियाको अध्यक्ष मनिराम थारु,नेपाल् मगर संघ मलेसियाको सह-कोषअध्यक्ष बिना मगर,तामाङ समाज मलेसियाको सह-कोषाध्यक्ष मिङ्खु तामाङ,किरात राई यायोक्खा,लगायत मलेसियामा रहेका विभिन्न जातिय संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।



आर.पि.चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दूतावासको द्धितिय सचीव बिनोद मुखिया,सभापति महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले संयुक्त रुपमा दिपप्रज्वलन गरि गरेको थियो भने स्वागत मन्तव्य महासंघका उपाध्यक्ष तथा सञ्चार बिभाग प्रमुख घनश्याम चौधरी उर्फ आर एन चौधरी थारुले राख्नु भएको थियो ।२४ औं विश्व आदिवासी दिवसमा स्वागत  मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरी ले दिवस मलेसियामा आयोजना गर्नु उदेश्य बारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

आदिवासी दिवस र बार्षिक उत्सवको सदुपयोग गर्दै मलेसियाको बसाई सकेर नेपाल् फर्की सक्नु भएको कार्य समितीहरुको ठाँउमा महासंघ मलेसिया भित्र रिक्त रहेको पदपुर्ती समेत गरेको छ।
पदपूर्ति गर्ने क्रममा क्रमश:उपाध्यक्ष आर एन चौधरी थारु वरिष्ठ उपाध्यक्षमा , सदस्य आर.पि.चौधरी उपाध्यक्षमा ,सदस्य सबिन लोप्चन तामाङ महासचिवमा, सह-कोषाध्यक्ष राजेन्द्र वाइबा तामाङ कोषाध्यक्षमा,सदस्य साइली तामाङ (सन्जना) सह-कोषाध्यक्षमा र नयाँ सदस्यहरुमा फुर्बा दोर्जे मोक्तान तामाङ ,अमिर लोप्चन लगायतको रहेको छ ।


विभिन्न जातीय संघसंस्थाको नृत्य प्रस्तुति संगै कार्यक्रमको सभापति पिटि शेर्पा पिनासा,प्रमुख अतिथि बिनोद मुखिया ,अतिथीहरु दिल केरुङ लिम्बू , जीवन देवान गाउँले,प्रेम पान्डेय लगायतको उपस्थित सम्पुर्णले दिवसको शुभकामना दिदै आ-आफ्नो मन्तव्य राखेको  थियो भने १ बर्ष भित्र महासंघ मलेसियालाई पुर्याउनु भएको योगदानको कदर गर्दै समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायतको कार्य समिति पदाधिकारीहरुलाई खादा,दोसल्ला ओढाइ समानपत्र सहित सम्मानित गरेको हो ।
















Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu