गजल ,,
किन? यस्तो जिन्दगी मेरो यही, सोच्दै छु म ।।
लाग्छ आज कुन गल्तीको सजाय, भोग्दै छु म ।।
सबै भन्थे दु:खमा, भगवानले हेर्छन्,
खै कहाँ छन्? ती भगवान खोज्दै छु म ।।
खाली के के बोल्छ, यो पागल मान्छे भन्छन्,
कसलाई थाहा मनको वेदना, पोख्दै छु म ।।
कति रुवाउछ भाग्यले, सोचे भन्दा बढी,
रुदा रुदै रित्ति सक्यो अाँशु, रोक्दै छु म ।।
दुनियाँ यस्तो बेसरम, देखियोकि आज,
हेर्न लाज लाग्छ अनि अाँखा, छोप्दै छु म ।।
(बिजय तामाङ)