१८औँ एशियाली खेलकूद अन्तर्गत सञ्जु चौधरीले भारोत्तोलनतर्फ तीन वटा राष्ट्रिय कीर्तिमान बनाइ बिजयी

Friday, 24 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं := इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूद अन्तर्गत भारोत्तोलनतर्फ बिजयी हासिल गर्दै नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu