गजल ,,
चन्द्रमा उदाउँछ तारा बिलाउछन् ।
अनि सुर्य उदाउँछ सारा बिलाउछन्
यहाँ,त्यहाँ भाग्यमानी खुसी देखिए।
धर्तीमा मात्र बेसहारा बिलाउछन्
तपाई जस्तो सज्जनको साथ पाए
यहाँ गुन्डा अनि आभारा बिलाउछन्
जलस्रोतको धनी देश हाम्रो नेपाल
पानी पिउने कुवा धारा बिलाउछन्
एउटा यस्तो नेता जन्मिनेछ देशमा
तबमात्र यहाँ पार्टीकोनारा बिलाउछन्।
( लेखिका := निरा भगत )