सहकर्मी ,
एलएन गच्छदार,,
सुनसरी := सुनसरी जिल्लाको रामधुनी नगरपालिका- ३, सिंगिया बस्ने लक्ष्मी प्रसाद चौधरी अहिले घांटी र छातीको क्यान्सरबाट पिडित छन। सामान्य परिवारबाट गुजारा चलिरहेको चौधरीको आर्थिक अवस्था कमजोरका कारण उपचार खर्च जुटाई दिन सबै संग सहयोगको अपिल गरेका छन्।
२ महिना सम्म काठमाण्डौमा उपचारत चौधरीको स्वास्थ्य सुधार हुन् नसकेको र अझै १ महिना अस्पतालमै बस्नु पर्ने जनाएको छ। बाँकी उपचार खर्च जुटाउन रामधुनीमा समिति बनाएको छ भने चौधरिको उपचारको लागि बिभिन्न संघ संस्था र विदेशबाट समेत सहयोग गरिरहेको पिडित चौधरीले जानकारी दिए।
त्यसै गरि निजको नाममा रहेको एनाईसी एसियाको खाता नं.०४८७५४४३१५२४००१ मा समेत सयोग रकम जम्मा गर्न सकिनेछ।
