आर एन चौधरी थारु,,
मलेसिया:= करिब १ बर्ष पहिला रोजगारीको सिलसिलामा मलेसिया आएका धादिङ जिल्ला गजुरी गाउँपालिका ४ गौरीगाउँ निवासी सुरज तामाङ डेढ महिना देखी बिरामी भैइ थल्ला परेको छ।
मलेसियाको जे.के. सेक्युरिटी कम्पनीमा काम गर्न आएका तामाङ सो कम्पनीको सुपरभाइजर संग मनमुटाव भएर करिब ५ महिना देखि अबैधानिक रुपमा भागेर यताउता काम गर्दै आइरहेको थियो।तर हाल उसको स्वास्थ्य अवस्था एकदमै खराब भएर दुईटै खुट्टा नचल्ने भएको र हिलडुल समेत गर्न नसक्ने अवस्थामा पुगेको हाल बैशाखीको सहायताले थोरबहुत हिलडुल गरिरहेको तामाङ संगै काम गर्ने रमेश धम्लह्वा थारुले जानकारी गराउनु भयो।
आर्थिक अवस्था एकदमै नाजुक रहेको तामाङले आफू नेपाल् बाट यहाँ मलेसिया कमाउन आउने भनेर लिएको ऋण समेत चुक्ता गर्न सकेको छैन हाल उनी केलाङमा रहेको चिनेजानेको साथीभाइहरु संगको सहयोगको साथमा औषधि उपचार गराइ रहेका छ्न तर बारम्बार औषधि उपचार गराउदा समेत निको हुने लक्षण नदेखीए पछि घर फिर्ती हुन र थप उपचार गराउनको लागी विभिन्न सहयोगि दाताहरु संग आर्थिक सहयोगको लागी याचना गर्न बाध्य भएको हो।
आर्थिक सहयोग गर्न तलको मोबाईल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ र बैंक खाता नम्बरमा समेत रकम जम्मा गरि बैंकबाट निस्केको रिसिभ पेपरको फोटो सोही नम्बरमा ह्वाट्सएप गरि पठाउन सक्नु हुनेछ ।:-
मोबाईल न.:-+60192004339
Name:-Kanhaiya ram chaudhary
May bank a/c no.-112848045739