प्रदिप चौधरी १० महिना देखि मलेसियामा बेपत्ता/खोजी गर्न एक सेयर अनिवार्य गर्नुस्

Thursday, 23 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
मलेसिया := मलेसियामा बिगत १० महिना देखी एक नेपाली युवा ( हराएको )बेपत्ता भएका छ्न।
शाहलाम स्थित ( WCT Construction Sdn.Bhd) मा कार्यरत उदयपुर जिल्ला, सुन्दरपुर वार्ड नम्बर ४ निवासी प्रदिप कुमार चौधरी बेपत्ता भएको हो ।

बेपत्ता भएको बारे बृहत् रुपमा बुझ्न सोही कम्पनीमा संगै कार्यरत निजको साथी प्रकाश चौधरीको भनाइ अनुसार बिगत १० महिना पहिला हामी दुबै जना ड्युटी सकिएर रातीको समयमा दिनभरी काम गरेको थकान कम गर्न होटेलमा बसेर थोरै मदिरा सेवन गरेको केही समय पछि उ एक्लै छुट्टिएर घुम्दै फिर्दै रुम पुगेको र बाटोमा फ़ेरि बियर किनेर होस्टेल भित्र छिर्न खोजेको तर त्यहाँ कार्यरत नेपाली र मलायु सेक्युरिटी मध्य मलायु संग मादकपदार्थ बियर लिएर होस्टेल भित्र छिर्न हुने कि नहुने भन्ने बिषयमा केही समय सम्म भनाभन भएको,लडाइ,झगडा परेको थियो , भोलिपल्ट बिहानै मलाई फेसबुकको म्यासेन्जरमा भोइस म्यासेज गरेको " कि मेरो ड्युटी गर्ने कम्पनीको ड्रेस र जुत्ता कन्स्ट्रक्सन साइडमा ल्याइ दिनु भनेर तर म त्यहाँ साइडमा जादा त्यहाँ बाट उ बेपत्ता भैइ सकेको थियो ,त्यो दिन देखी अहिले सम्म प्रदिप सम्पर्कमा बिहिन नै रहेको भन्नु भयो।

यस् बिषयमा चौधरी कार्यरत कम्पनी सङ्ग बुझ्दा " हामीले पुलिस रिपोर्ट गरिसकेको छौ ,खोजीकार्य जारी छ्न " भनेर जानकारी गराएको मलेसिया स्थित नेपाली राजदुतावासमा समेत जानकारी लिन ( बुझ्न ) पुगेका नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी दिनु भयो।बेपत्ता प्रदिप कुमार चौधरी बिगत ५ बर्ष देखी सोही कम्पनीमा कार्यरत रहेका थिए।
बेपत्ता चौधरीलाई भेटाउनु हुने महानुभावले तलको मोबाईल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।
+60163566719 / +60183876029 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu