मलेसियाको पेनाङमा थारु समाज गठन (फोटो फिचर सहित हेर्नुस् र सेयर गर्नुहोस् )

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी,,
मलेसिया := मलेसियामा रहेका थारुहरुको एक मात्र जातिय,समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो ठूलो राज्यमा क्षेत्रीय कमिटी गठन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।
                            " थरुहट/थारुवान बिकासको निम्ति "
                                 "थरुहट पहिचानको निम्ति "
                             "थारु युवाहरु बिच एकताको निम्ति "
भन्ने मुल नाराको साथ  पेनाङमा भएको प्रथम अधिबेशन कार्यक्रमले परशुराम चौधरीको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय समिती गठन गरेका छ्न ।
जसको उपाध्यक्षमा क्रमशःदिपेश महतो थारु,महिला उपाध्यक्ष प्रमिला चौधरी,महासचिव मनिस चौधरी , सचीव दिपक चौधरी,सह-सचीव अर्जुन चौधरी,कोषाध्यक्ष जित कुमारी चौधरी ,सह-कोषाध्यक्ष जङ्गबिर चौधरी,सञ्चार सचीव हेम संकर चौधरी रहेको छ भने सदस्यहरुमा क्रमशः पतिराम,प्रदिप,गणेश,प्रमोद,गणपति,मनोज,रितेश,सम्तराण,सागर,बिकास,सरद कुमार,रामवरण,प्रमोद,नारायण चौधरी लगायतको थारु युवा युवतीहरु रहेको छ।


परशुराम चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी समाजका केन्द्रिय अध्यक्ष मनिराम थारु,विशेष अतिथिमा समाजका संस्थापक/संरक्षक समाजिक अभियन्ता तथा पत्रकार घनश्याम चौधरी (आर एन) ,महिला उपाध्यक्ष सरिता चौधरी ,शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष पासाङ ल्हामु शेर्पा,अतिथीहरुमा रमेश धम्लह्वा चौधरी,कृष्ण चौधरी,आनन्द चौधरी,सुनुवार सेवा समाज मलेसियाका प्रमुख सल्लाहकार राज सुनुवार,नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङका अध्यक्ष युवराज मगर,श्रवन लुङ्गेली मगर,दलित एकता संजाल मलेसियाका महिला उपाध्यक्ष राधा लुहार,जन उद्दार केन्द्र मलेसियाका सह-सचीव मिलन मगर लगायत स्थानीय कलाकारहरु संगै विभिन्न जातिय गैर जातीय संघ संस्थाका प्रतिनिधि,करिब डेढ सय जना समाजसेवी,थारु युवा युवतीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

दिपेश महतो थारुले सञ्चालन गरेको कार्यक्रममा थारु संस्था मलेसियामा स्थापना गर्नुको लक्ष्य,उदेश्य बारे संस्थापक आर एन चौधरीले प्रष्ट पारेको थियो,उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थारु समाज मलेसियाका केन्द्रिय अध्यक्ष मनिराम थारु,विशेष अतिथि समाजका केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी, शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष तथा सक्रिय समाजसेवी युवती पासाङ ल्हामु शेर्पा ,र सभापति परशुराम चौधरीले संयुक्त रुपका दिप प्रज्वलन गरि गरेको थियो भने स्वागत मन्तव्य सरिता चौधरीले राखेकी थिइन।

































Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu