रेडियोतर्फ ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ विमला चौधरीलाई

Wednesday, 1 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष चार पत्रकार पुरस्कृत हुने भएका छन् ।अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङ्ला, छापातर्फ छेटु शेर्पा र रेडियोतर्फ बिमला चौधरी पुरस्कृत हुने भएका हुन् । पुरस्कार छनौट समितिको सोमबार बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी मंगलबार बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको हो ।
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरेका छन् । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् ।यसैगरी, २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता गरेका आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा विकासमा समेत योगदान पुर्‍याएका छन् ।
यस्तै, २०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् ।पुरस्कृत हुने विमला चौधरीले २०६२ सालदेखि पत्रकारिता सुरु गरेकी हुन् । उनले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छन् । हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारिता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्‍याउँदै आएकी छन् ।आउँदो २७ गते फोनिजको स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा उनीहरुलाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण २७ गते दिउँसो १ बजे अनामनगरमा आयोजना गरिनेछ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu