गजल,,
जातीया द्वन्द मचाउने व्यक्तिहरुलाई संसार कस्ले देखायो?
पहिचानको मुद्दा लडने मान्छेलाई कारागार कस्ले देखायो?
साच्चै आज बेचिंदै छन मानवता, नैतिकता अनि चरित्रता
हो ईनै व्यबहारहरुको मोलभाउ गर्ने बजार कस्ले देखायो?
कसै कसैले भन्ने गर्छन तं तल्लो जातको म मथिल्लो जात रे
स्वार्थ बोकी हिंडने प्राणिलाई जिउने आधार कस्ले देखायो?
ईमानदार व्यक्तिलाई दोषी बनाई आंफुलाई सर्वश्रेष्ठ थान्छ
त्यही व्यक्तिहरुकै घर जलाउने यो सरकार कस्ले देखायो?
किन थुनिएछ ति थारुहरुलाई जस्को केही गल्ती नै छैन
जानाजान हामी थरुहत माथी अत्याचार कस्ले देखायो ?
( अर्जुन चौधरी )
बारबर्दिया नगरपालिका 5
बन्घुस्री, बर्दिया/ हाल मलेशिया
