थारु लेहेंगा र चोलिया विश्व सूचिकृतमा दर्ज (सेयर गर्नुस)

Thursday, 23 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
धनगढी:= थारु पहिरन लेहेंगा र चोलियाप्रति पछिल्लो समय थारु गैर थारु सबैमा क्रेज बढेको छ । लोप हुनै लागेको लेहेंगा सन २०१७ मा जेनेभा कन्फ्रेन्सबाट संसारको सबै भन्दा राम्रो ड्रेसको उपाधी हात पार्न सफल भएको छ ।
थारु लेहेंगा र चोलिया विश्व सूचिकृतमा पारेको थारु कल्याकारीणि सभाका पूर्व अध्यक्ष प्रभात चौधरीले जानकारी दिए । उनले भने ‘सन २०१६र२०१७ मा जेनेभा कन्फ्रेन्समा नेपालबाट सहभागि भएका आदिबासीहरुले थारु लेहेंगाको बारेमा जानकारी दिदै ड्रेस प्रर्दशन गरेका थिए ।’

कन्फ्रेन्समा थुप्रै देशबाट सहभागिको ड्रेस मध्ये थारु लेहेंगा र चोलिया सबै भन्दा राम्रो रहेकोमा छनौट हुन पुगेको चौधरीले बताए । लेहेंगा सूचिकरणमा परेको विषय स्वयम थारुहरुलाई समेत जानकारी नभएको बताउदै थारु लेहेंगा आफैमा आकर्षक भएकोले क्रेज बढेको उनको तर्क थियो ।कैलारी गाउँपालिका वडा नं. १ कि ४५ वर्षीया दुर्गा दहितले थारु लेहेंगा र चोलिया सिलाउन थालेको एक दशक पुग्यो । थारु महिलाले लगाउने लेहेंगा, चोलियासंगै पुरुषले लगाउने धोतीको समेत माग बढ्न थालेपछि थारु पोसाक सिलाउन भ्याइनभ्याइ छ उनलाई।

दुर्गाले आफूसंगै अरु चार जनालाई रोजगारी समेत दिएकी छिन् । उनका अनुसार थारु ड्रेसको सिजन खास गरेर थारु समुदायको प्रमुख चाड ‘गुरही’ (नागपञ्चिमीको दिन) देखि माघसम्म हो । यो समयमा धेरै चाड पर्व आउने र थारु महिला पुरुषले आफ्नो परम्परागत पोसाक बढी लगाउँछन् ।
उनी महिलाले लगाउने लेहेंगा दुई हजारदेखि पाँच हजारसम्म र पुरुषको धोती नौ सय रुपैयाँमा तयार गरेर बेच्छिन् । थारु पोसाक सिल्न धेरै मेहनत र समय लाग्ने भएकाले मूल्य पनि महंगो जस्तो देखिने उनको भनाइ छ ।

उनले कामदारको तलब, घर भाडा र आफ्नो मेहनतको पैसा छुट्याएर मासिक १२ देखि १५ हजार आम्दानी हुने गरेको बताउदै पढेलेखेको नभए पनि सिलाईबाटै आफ्नो खुट्टामा उभिन पाएकोमा खुसी व्यक्त गरिन् ।
अनुसार थारु पोसाक थारु समुदायकाले मात्रै किन्दैनन् । थारु पोसाकप्रति आज भोली गैर थारुहरु पनि उत्तिकै आकर्षित भइरहेको र धेरै गैर थारु पनि आफ्ना ग्राहक भएको बताइन् ।
त्यसै गरी धनगढी उपमहानगरपालिका–७ देवहरियास्थित लेहेंगा सिलाई सेन्टरकी सीता चौधरीलाई पनि लेहेंगा सिल्न भ्याइनभ्याई हुन्छ ।
दशैंतिहार मात्रै होईन थारुहरुको पर्व गुरही, चिरै भजहर, अष्टिम्की लगायतका थारु चाड पर्वमा धेरै थारु महिलाले लेहेंगा लगाउने हुँदा ग्राहकको माग अनुसार लेहेंगाको आपूर्ति गर्नै धौ धौ हुन्छ ।
उनी महिनामा २० भन्दा वढी लेहेंगा सिलाउँछिन् । उनको पसलमा बच्चादेखि वृद्धासम्मले प्रयोग गर्न मिल्ने लेहेंगा उपलब्ध छन् । जसको मूल्य दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
लेहेंगाको लोकप्रियता बढेपछि लेहेंगा सिलाई गरी जीविकोपार्जन गर्ने महिलाहरुको आर्थिक अवस्थामा सुधार हुँदै गएको भजनी नगरपालिका–१ मधुवन मुक्त कमैया वस्तीकी पूर्व कमैया दिलरानी चौधरीले बताइन् ।
लामो समयदेखि लेहेंगा सिलाउने काम गर्दै आएकी उनले लेहेंगाको कारोबार फष्टाएपछि घर खर्चदेखि बालबालिकालाई लेखाउन पढाउनसहज भएको बताइन्।

कैलाली सदरमुकाम धनगढी, वर्दियाका विभिन्न बजार, नेपालगञ्ज, राजधानीलगायत देशका विभिन्न ठाउँमा लेहेंगाको आपूर्ति गर्दै आएकी बताइन् ।
लेहेंगा बनाउन सक्नु एक विशेष कला हो । एउटा लेहेंगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्छ ।
लेहेंगा सिलाई सेन्टरकी सीता चौधरीका अनुसार लेहेंगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहेंगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोडेर बनाउनु पर्दछ । जसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पथ्थरलगायत टाँस्नु पर्छ ।
पछिल्लो समय आदिवासी थारु समुदायका महिलाहरुको परम्परागत पोसाक लेहेंगाको मोह सबै उमेर र समुदायमा उत्तिकै बढेको पाइन्छ ।
गैर थारु महिलाहरुले समेत फेसनको रुपमा थारु लेहेंगा लगाउन थालेपछि बजारमा लेहेंगाको माग उच्च भएको छ । लेहेंगाले फेसनको रुप पाएपछि लेहेंगा सिल्ने हस्तकला व्यवसाय पनि फस्टाएको र यसले महिलाहरुलाई स्वरोजगार बनाएको अधिकारकर्मी बसन्ती चौधरीको भनाइ छ ।
आजभोली थारु वस्तीमा समेत लेहेंगाको क्रेज बढेको छ । बालिकादेखि वृद्धासम्मले एक जोर लेहेंगा राख्नै पर्ने अवस्था समेत आएको उनेले बताईन् ।
‘मेरो धेरै गैरथारु साथीहरु लेहेंगाको विषयमा जानकारी लिईरन्छन् । फोटो खिचाउनलाई पनि लेहेंगा खोजिदिनु पर्ने हुन्छ । कोही साथीहरु किन्ने पनि गर्दछन् ।’
पछिल्लो पुस्ताका थारु महिलाहरु आधुनिक पोसाकमा रमाएपछि लोप हुने अवस्थामै पुगेको परम्परागत लेहेंगा विश्व सूचिकरणमा परेको सूचना पाएपछि त्यसको क्रेज झन बढेको हुन सक्ने बसन्तीको तर्क थियो ।
लेहेंगाको क्रेजले एकातिर परम्परागत पोसाकको संरक्षण भएको छ भने अर्कोतिर महिलाहरुको हस्तकला व्यापार पनि फस्टाएको उनले बताइन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu