थारु समुदायको अटवारी पर्वमा बिदा हुने:-कानुनमत्री प्रकाश बहादुर शाह

Monday, 10 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,

धनगढी:= थारु समुदायले भदौ ३१ गते मनाउन गइरहेको अट्वारी पर्वमा प्रदेश ७ का कार्यवाहक मुख्यमन्त्री एंव आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सार्वजनिक विदा दिने बताएका छन् ।

सोमबार थारु सम्बद्ध विभिन्न संस्थाका अगुवाहरु थारु संस्कृति जोगाउनको लागि अटवारी, माघ जस्ता पर्वमा प्रदेश सरकारले विदाको व्यवस्था गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदा कानून मन्त्री शाहले यो वर्षको अटवारी पर्वमा विदा दिलाउने प्रतिबद्धता जनाए ।

उनले थारु समुदाय पचासौं पुस्ता अगाडीदेखि तराईमा बसोबास गरि यहाँ भूमिलाई जोगाइएर राखिदिएकोले थारु तराईको धर्तीपुत्र रहेको संज्ञा दिदै यो समुदायको संस्कृतिलाई प्रदेश सरकार सम्मान गर्ने बताए ।

मन्त्री शाहले थारु समुदाय पहिलै देखि विभेदमा परेकोले अब प्रदेश सरकारले उहाँहरुलाई पनि सम्बोधन गर्ने बताउदै सबै जातजातीहरुको हरेक निकायमा समान पहुँच हुन जरुरी रहेको बताए । जुन समुदायलाई अन्याय भएको छ, त्यसले न्याय पाउनुपर्छ भन्ने तर्क दिए ।

यदि भदौं ३१ गते प्रदेश सरकारले विदाको घोषणा गर्छ भने प्रथमतः यो थारु समुदायले पाउने विदा पहिलो पटक हुन्छ । सो समुदायले हरेक वर्ष विदाको माग गर्दै आएका थिए तर सम्बोधन कहिलै भएको थिएन

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu